नयाँ दिल्ली- भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्वमा गान्धी परिवारभन्दा बाहिरबाटै आउनसक्ने एक नेताले बताएका छन्।
भारतमा गत महिना सम्पन्न भएको निर्वाचनमा पार्टीले पराजय भोगेपछि अध्यक्ष राहुल गान्धीले पदबाट राजिनामा दिने घोषणा गरेका थिए। कांग्रेसको नयाँ नेतृत्व गान्धी परिवारभन्दा बाहिरबाट पनि हुनसक्ने चर्चा भएको हो।
कांग्रेसका एक जना प्रभावशाली नेता पिएल पुनियाले गान्धी परिवारभन्दा बाहिरबाट नेतृत्व हुने सम्भावना रहेको बताएका हुन्। उनले भने, 'देशको उज्ज्वल भविश्यका लागि गान्धी परिवारले त्याग गर्न र लचकता देखाउन सक्छ।'
कांग्रेसका छत्तिसगढ प्रदेश प्रमुखसमेत रहेका पुनियाले पार्टीको नेतृत्व कसले गर्ने भन्ने निर्णय वर्तमान अध्यक्ष राहुल गान्धीको हातमा रहेको उल्लेख गरे।
गान्धीले चाहेमा उनले नै गर्ने र उनले नचाहेमा गान्धी परिवारभन्दा बाहिरका नेताबाट पार्टीले नेतृत्व पाउने पुनियाको भनाइ छ। रासस/एएनआई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।