नेपालगन्ज- पूर्वराजा ज्ञानेन्द्र शाह आज साँझ नेपालगन्ज पुगेका छन्।
नवनिर्मित चारतारे सोल्टी होटलको उद्घाटनका लागि पूर्वराजा साँझ ५ बजेको फ्लाइटमा नेपालगन्ज आएका हुन्। उनलाई विमानस्थल बाहिर समर्थकहरुले स्वागत गरेका छन्।

ज्ञानेन्द्र नेपालगन्ज आउने भएपछि समर्थकहरु दिउँसोदेखि नै स्वागतका लागि नेपालगन्ज विमानस्थल बाहिर लामबद्ध भएर बसेका थिए। करिब एक हजारको संख्यामा रहेका उनीहरुले 'हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ', 'राजा आऊ देश बचाऊ' लगायत नारा लगाएका थिए।
समर्थकहरुमा राजसंस्थाको पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता-कार्यकर्ता बढी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।