काठमाडौं- कम्बोडियामा निर्माण हुँदै गरेको ७ तले भवन भत्किँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ। घटनामा अन्य २४ जना घाइते भएका छन्। जसमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
भवनको भग्नावशेषमा जीवित व्यक्ति रहेको हुनसक्ने भन्दै खोजी कार्य जारी राखिएको कम्बोडियाका अधिकारीहरुले जनाएका छन्। दुर्घटनामा कम्तीमा २४ जना घाइते भएका र केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
तटीय नगर सिहानुकभिलमा एक चिनियाँ कम्पनीले सो भवनको निर्माण गरिरहेको थियो।
भवन भत्किएपछि सो भवनका मालिक, निर्माण कम्पनीका प्रमुख र ठेकेदारसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

भग्नावशेषमा कति जना फसेका छन् भन्ने यकिन नभएको प्रहरीले बताएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। मृत्यु हुनेमा केही व्यक्ति कम्बोडियाली नागरिक भएको पुष्टि भएको छ।
उद्धारकार्यमा सुरक्षाकर्मी, विपद् व्यवस्थापन टोली तथा स्थानीयहरु खटिएका छन्।
सो स्थानका प्रमुख प्रशासकका अनुसार भवन निर्माणस्थलमा झन्डै ५० जना मजदुर कार्यरत थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।