काठमाडौं- भारतीय हवाई सेवा कम्पनी स्पाइस जेटले दिल्ली–काठमाडौं–दिल्ली उडानको तयारी गरेको छ। यसअघि पनि दिल्ली-काठमाडौं उडान गरिसकेको एयरले पुनः उडानका लागि प्राधिकरणसँग छलफलमा आएको हो।
प्राधिकरणले पनि जेट एयरवेज बन्द हुँदा काठमाडौं–दिल्ली उडानमा देखिएको टिकट समस्या र बढ्दो हवाइ भाडा लयमा ल्याउन सक्ने अवस्थालाई हेरर उडान दिने सक्ने जनाएको छ।
यसैगरी अहिले दैनिक एउटा उडान गरिरहेको इन्डिगोले पनि दैनिक दुई वटा उडानका लागि अनुमति मागेको छ। प्राधिकरणले स्टलको अवस्था हेरेर नयाँ एयरलाइन्स कम्पनीलाई उडान दिने वा नदिने र थप उडानको अनुमति दिने विषयमा निर्णय गर्ने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।