• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

राजा वीरेन्द्रका डाक्टर खगेन्द्रका केही सम्झना

64x64
नेपाल लाइभ बुधबार, भदौ २७, २०७५  १६:१९
1140x725

डा खगेन्द्रबहादुर श्रेष्ठ उमेरले ८२ पूरा भइसके । अझै उनी सर्वसाधारणलाई चिकित्सकीय सेवा दिइरहेका छन् । तर, उनको पहिचान भने शाही चिकित्सकका रुपमा बनेको छ । उनी निकट सबैले उनलाई राजाकै डाक्टरमा रुपमा चिन्छन्। उनी दिवंगत राजा वीरेन्द्र वीरविक्रम शाहका डाक्टर हुन्। वीरेन्द्र युवराज हुँदादेखि नै राज परिवारसँग जोडिएका उनी दिवंगत हुँदासम्म साथै रहे।

युवराज वीरेन्द्रदेखि राजा वीरेन्द्रसम्मको निजी चिकित्सक रहँदा उनी र उनको परिवारसँग जोडिएका अनगिन्ती घटना उनको मानसपलटमा घुमिरहन्छन्। कति दृश्य त उनले क्यामेरामा कैद गरेर केही वर्षअघि फोटो प्रदर्शनी नै गरे। उनलाई वीरेन्द्रले एउटा डाक्टर मात्रै होइन, परिवारकै सदस्यका रुपमा लिन्थे। उनले पनि राजा विरेन्द्रलाई अत्यन्तै श्रद्धा गर्ने। त्यसैले वीरेन्द्रको स्मृतिमा निरन्तर श्राद्ध गरिरहेका छन् उनी । भन्छन्, ‘उक्त अवसरमा निम्ता मान्न आउने धेरैले वीरेन्द्रको श्राद्ध गर्ने तिमी मात्रै होला भन्छन् । परिवारका सदस्यका रुपमा मैले उहाँको श्राद्ध गरिरहेको छु।

झ्याउरे सुन्न रुचाउने वीरेन्द्र
युवराज वीरेन्द्रको त्रिशुलीदेखि पोखरासम्मको पैदल यात्रामा उनी डक्टरका रुपमा सहभागी भए।  त्रिशुलीदेखि पोखरासम्मको १२ दिने यात्रामा धेरै कुरा भए । तीमध्ये केही घटना डा श्रेष्ठको मनमस्तिष्कमा अहिले पनि ताजै छन्।

जहाँ बास बस्न पुग्यो, त्यहाँका जनताको अवस्था, रितिथिति र संस्कृति  अवलोकन गर्थे युवराज वीरेन्द्र । यस क्रममा सांस्कृतिक कार्यक्रम पनि हुन्थ्यो । युवराजलाई नेपाली गीत मन नपर्ला भनेर हिन्दी गीत सुनाउने प्रयत्न गर्थे उनका भित्रियाहरु । उनका अनुसार युवराज वीरेन्द्र भने मादल मगाउथे र त्यसैको तालमा झ्याउरे गीत गाउन लगाउथे । गाउँलेलाई युवराज भन्दा पनि सेनाको सानो टुकडी बास बसेको जस्तो लाग्थ्यो । युवराज त्यहाँबाट निस्केपछि मात्रै उक्त समूहमा भावी राजा रहेको खबर दिइन्थ्यो ।

यही यात्राका क्रममा बाटोमा खोला थुनेर मान्छेहरुले माछा मारिरहेको देखेछन् युवराज वीरेन्द्रले । त्यसपछि एउटा गाउँको खोला नजिक पुगेर त्यसैगरी माछा मार्न तम्सिए वीरेन्द्र । झन्डै २५ वटा माछा समातिसकेपछि वीरेन्द्रले भने, ‘पुग्यो अब, माछा खोलामै हाल्देऊ ।’

पौडी खेलेर नदी पार
युवराज वीरेन्द्रसँग देश दर्शनमा उनी तीनपल्ट गए । एकपल्ट पोखरादेखि भैरहवासम्मको यात्रा गरिरहेका थिए, बाटोमा एउटा नदी डुंगामा पार गर्नुपर्ने भयो । समूहकै एकजनाले पौडी खेलेर पार गर्ने उटपट्याङ योजना अघि सारे । युवावयका वीरेन्द्र पनि के कम ? तुरुन्तै योजना स्वीकारेर नसक्नेलाई डुंगा चढेर आउनु भन्दै नदितिर लागिहाले । उनको सुरक्षाका लागि पनि एडिसी, अगंरक्षक र डा श्रेष्ठले पनि पौडिनुपर्ने भयो । पौडीमा राम्रै दक्षता भएका डा श्रेष्ठ लगायत केही अंगरक्षक वीरेन्द्रलाई घेराभित्र राखेर पौडिन थाले । वीरेन्द्र पनि पौडीमा पारंगत रहेछन्, नदी पार गरे सहजै । तर, ताराबहादुर थापा नामका एडिसी भने बग्न थाले । झन्डै डेढ सय मिटर बगेपछि मात्र किनारा लागे उनी । पछिसम्म उनलाई यो घटनाले झस्काइरह्यो, ‘पौडेर जाने आलोकाँचो योजना व्यर्थै स्वीकारियो । युवराजलाई केही भइहालेको भए हाम्रो हालत के हुन्थ्यो ?’

मदिरा पिउँदा राजाको कटाक्ष
निजी चिकित्सकका रुपमा उनले वीरेन्द्रसँग ५ चोटि युवराज हुँदा र ३५ चोटि राजा हुँदा विभिन्न ठाउँ र देश भ्रमण गरेका छन् । तीमध्ये चिनको भ्रमणले उनलाई बेला–बेला झस्काउँछ ।

चीनको माओत्सेतुङ भिलेजमा राजा विरेन्द्रसँगै उनीहरु बसिरहका थिए । त्यहीँको पोखरीमा पौडी खेल्ने योजना बन्यो । राजासँगै उनी लगायतले पौडी खेले। त्यसपछि चीनकै उच्च स्तरीय मदिराले स्वागत गरियो ।

Ncell 2
Ncell 2
nimb
nimb

राजाको टोलीलाई स्वागत गर्न जम्मा भएका चीनका हरेक अधिकारीसँग चियर्स गरेर एकै घुड्कीमा एक पेग मदिरा पिउनुपर्ने चलन रहेछ। त्यसरी पिउँदा उनी यति मातेछन् कि त्यहाँको सेनाका उच्च अधिकारीसँग बाजी थापेर पिउन थाले । उनी सम्झिन्छन्, ‘त्यस्तै, ११ प्याला पिएपछि ती सैनिक अधकिारीले स्वास्थ्यको कारण देखाउँदै पिउन नसक्ने बताए । त्यसपछि अर्का अधिकारीलाई बोलाएर कम्पिटिसन गरें ।’ उनको हर्कत राजा वीरेन्द्रले याद गरिरहेका रहेछन् ।

राजाले मदिराको मातमा आफूले गरेको उपद्रो ‘नजर गरिबक्सेको’ उनले धेरै पछि थाहा पाए । एकपल्ट होटेल अन्नपूर्णमा राजपरिवासँग जोडिएका व्यक्तिहरुको पारिवारिक भेला थियो । आफ्नो परिवारलाई राजारानीसँग चिनाउने क्रममा उनले श्रीमती सीता श्रेष्ठको परिचय गराए। त्यहीबेला राजाले कटाक्ष गरेछन्, ‘तिम्रो श्रीमानले चीनमा नाम राख्यो नि । चिनियाँलाई मदिरा पिउनमा हराएर ! कहिलेकाहीँ यस्तो पनि गर्नुपर्छ ।’ प्रशंसा गरेजस्तो गरेर आफ्नो हर्कतमाथि वीरेन्द्रले कटाक्ष गरेपछि उनी लाजले भुतुक्कै भए ।

राजाको उपचारमा मोलेको जोखिम
उच्च कोलेस्टेरोल र मुटुको समस्या थियो राजा वीरेन्द्रलाई । २०५५ साल कार्तिक २१ गते बेलुकीतिर रानी ऐश्वर्यको फोन आयो, ‘राजाले छाती दुख्यो भनिबक्सेको छ’ भनेर । त्यो समय राजा नागार्जुन दरबारमा बस्थे । हर्टअट्याक हुन सक्ने अनुमान गरेर उनी तुरुन्तै नागार्जुन पुगे । यता आर्मी अस्पतालमा आइसियू फिट राख्नु भनेर खबर गरे । केही नर्स र औषधिसहित त्यहाँ पुगेका उनले स्थिति अवलोकन गरेपछि औषधि दिए । अवस्था खासै नबिग्रेकाले तीन दिन त्यहीँ राखेर उपचार गर्न थाले ।

तीन दिनपछि डा अञ्जनीकुमार शर्मा राजालाई भेट्न पुगे । उनले डा श्रेष्ठलाई हप्काएछन्, ‘राजा जस्तो मान्छेलाई यहीँ राखेर उपचार गर्ने हो ? केही तलमाथि भयो भने के गर्छाै ?’ त्यो दिनसम्म एउटा बिरामीलाई डाक्टरका रुपमा हेरेर उपचार गरिरहेका उनलाई महसुस भयो– हो त, राजाको उपचार पो गरिरहेको छु । त्यसपछि उनले तुरुन्तै राजालाई बिन्ती चढाए, नेपालका नाम चलेका डाक्टर बोलाउन । उनले पाँच जना डाक्टरको नाम दिए । सबै त्यहाँ पुगे ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एउटा बिरामी भन्दा पनि राजाका रुपमा हेरिरहेका अरु डाक्टरले ‘हिस्ट्री’ हेरेपछि सम्भावित जोखिम बताए । जोखिम सुनेपछि रानी ऐश्वर्या आत्तिइन् र तुरुन्तै बेलायतबाट डाक्टर बोलाउन लगाइन् । बेलायतका डाक्टरले आवश्यक चेकअप गरेपछि एकपल्ट विदेशमै चेकजाँच गर्दा राम्रो भन्ने सुझाव दिए । त्यसपछि राजालाई उपचारका लागि बेलायत लगियो र सँगै डा श्रेष्ठ पनि गए । उनी पछि झस्किए, ‘त्यस्तो अवस्थामा जोखिम मोलिएछ । तलमाथि भएको भए त दोष मेरै टाउकोमा आउँथ्यो ।’

राजाको अनौपचारिक फोटोग्राफी
वीरेन्द्र युवराज हुँदादेखि नै चिकित्सकीय सेवा दिइरहेका उनले २०५३ सालमा औपचारिक रुपमा ‘शाही चिकित्सक’को उपाधि पाए । राजपरिवारको चिकित्सकका रुपमा रहँदा उनले चिकित्सकीय सेवा त दिए नै, सँगै उनका अनौपचारिक तस्बिर पनि लिइरहे । ती तस्बिरलाई समेटेर केही वर्षअघि मात्रै उनले फोटो प्रदर्शनी गरेका थिए । तर, ती तस्बिर योजनाबद्ध खिचिएका थिएनन् । उनी भन्छन्, ‘रोइरहनु भन्दा गाइरहनु बेस भने जस्तै फुर्सदमा क्यामेरा खेलाउँथें । यही क्रममा फोटो खिचेको हुँ ।’ अर्थात् निजी चिकित्सकका रुपमा सँगै हिँड्दा उपचार सेवा त सधैं दिनु पर्दैन । बरु उनी क्यामेरा बोकेर हिँड्थे र फोटोग्राफरले क्यामेरामा पार्न डराउने खालका तस्बिर खिच्थे। डाक्टर भएकाले उनलाई रोकटोक थिएन ।

उनी एकपल्ट राजारानीसँगै हिमालको दृश्यावलोकनका लागि पुगे । त्यहाँ उनले राजारानी हिउँ खेलिरहेको तस्बिर लिए । रानीलाई औपचारिक पहिरनमा देखेका थिए सबैले । तर, त्यहाँ रानीले ट्राउजर र ज्याकेट लगाएकी थिइन् । पहिलोपल्ट उक्त तस्बिर उनले सार्वजनिक गर्दा धेरैले प्रशंसा गरेका थिए उनको फोटोग्राफीको ।
यसैगरी, युवराज दिपेन्द्र साना हुँदाका तस्बिरले पनि प्रशंसा बटुलेको थियो । जुन तस्बिरमा दिपेन्द्रको सानैदेखि हतियारप्रति मोह थियो भन्ने मात्रै झल्किँदैन, जीवन्त पनि लाग्छ । उनी तस्बिरको रहस्योद्घाटन गर्दै भन्छन्, ‘दार्जीलिङमा गएका बेला युवराज पेस्तोल भिरेर ह्यान्ड्सअप भन्दै आइबक्स्यो, मेरो हातमा क्यामेरा थियो तस्बिर लिएँ ।’

त्यो अन्तिम साँझ
राजा वीरेन्द्रसँगको लामो सामिप्यताका कारण उनी राजपरिवारका डाक्टर मात्रै नभई पारिवारिक सदस्य जत्तिकै भएका थिए । त्यसकारण २०५९ जेठ १९ को साँझ स्मरण गर्न उनलाई त्यति मन लागिरहेको थिएन ।

त्यो दिन उनी चाँडै घर पुगिसकेका थिए । खानपिन गरेर बसेका मात्रै के थिए दरवारबाट फोन आयो । भनिएको थियो, ‘राजालाई गोली लागेको छ । जति सक्दो चाँडो अस्पताल पुग्नू ।’ उनको मनमा त्यति ठूलो घटना घट्यो होला भन्ने थिएन । ‘नयाँ हतियार आउँदा प्रयोग गरेर हेर्ने गरिन्थ्यो । त्यही क्रममा कहीँकतै लाग्यो होला,’ उनी सम्झिन्छन्, ‘तर राजालाई गोली लागेको घटना सामान्य रुपमा नलिई तुरुन्तै गाडी कुदाएर छाउनी अस्पताल पुगें । म त्यहाँ पुग्दा स्थिति काबू बाहिर गइसकेको थियो । राजारानीको टाउकोमा गोली लागेको थियो ।’

प्रकाशित मिति: बुधबार, भदौ २७, २०७५  १६:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित
राष्ट्रपतिबाट दुई अध्यादेश जारी
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित
सम्बन्धित सामग्री
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ लागुऔषध नियन्त्रण ब्युरोको टोलीले मंगलबार दुई राउन्ड हवाई फायर गरेर एक जनालाई पक्राउ गरेको हो। मंगलबार, असोज २७, २०८३
पूर्व उपसभामुख इन्दिरा राना बैंककतर्फ वातावरणमैत्री उत्पादन प्रणाली र जलवायु परिवर्तनका चुनौती सामना गर्न आवश्यक सहकार्यबारे छलफल हुने सम्मेलनमा भाग लिएर सांसद रानामगर बि... मंगलबार, असोज २७, २०८३
भोटेकोशी बाढीपछि बेपत्ता अमेरिकी नागरिकहरूको खोजी र पहिचानका लागि अमेरिकाद्वारा धन्यवाद व्यक्त भेटमा सुदृढ अमेरिका–नेपाल साझेदारीलाई थप अघि बढाउनेबारे छलफल भएको जनाइएको छ। मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्