• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

‘बाघको बङ्गारा’मा जीवन खोज्नेहरू...

64x64
समर्पण श्री शुक्रबार, मंसिर २३, २०७९  १०:४७
1140x725

‘धन त बाघको बङ्गारामा हुँदो रहेछ!’

नरबहादुर सिंहको डरमिश्रित उद्‌गार निस्कन्छ।

यो कुरा उनले हजुरबाहरूबाट सुन्दै आएका। तर आफ्नै जीवनकालमा यथार्थ भोगिरहेका छन्। हत्केलामा ज्यान राखेर नरबहादुरहरू हर सिजन भिरमहको शिकारमा निस्कन्छन्। कारण, उनीहरूलाई दुई चार पैसाको आश छ। त्यही पैसाले जीवन जेनतेन चल्छ।

सधैं मह कहाँ पाइन्छ र? आशा गरेजत्ति मह नपाएपछि खिन्न अनुहार लगाएर फर्कनुपरेका दिनहरू छन् उनीहरूसँग।

कथा हो, जाजरकोटको।

खल्टाकुरीको अक्करे भिरमा महको शिकारमा निस्कन्छन् त्यहाँका मान्छे। तर, त्यहाँबाट मह काढेर ल्याउँदासम्म उनीहरू बाल-बाल बाँचेर फर्कन्छन्। ‘हेर्ने कथा’ले उनीहरूको यात्राको कथामात्र खिचेन, उनीहरूको संघर्षमात्र खिचेन। टिमका मानिसरू शिकारीहरूसँगै यात्रामा निस्किए। उनीहरूको संर्घषलाई नजिकबाट अनुभूत गरे।

‘भिरबाट खस्यो मात्र भने, लाशसमेत भेटिन्न थियो। एक समय समाएर हिँड्न पनि विष फल्ने रुख र सिस्नु थियो। त्यो कठिनाइ व्यक्त कसरी गरुँ?!,’ हेर्ने कथाका निर्देशक/प्रस्तोता कमलकुमार अनुभव सुनाउँछन्।

स्थानीयहरूका लागि त त्यो नियमित कर्म थियो। हेर्ने कथा टिमलाई जाजरकोटको कथा काठमाडौं पुर्‍याउनु थियो। त्यसका लागि यो यात्रा मृत्युको सम्मुख पुगेजस्तो थियो। 

Ncell 2
Ncell 2

काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभलको पहिलो दिन राष्ट्रिय सभागृहमा वृत्तचित्त ‘बाघको बङ्गारा’ हेर्दै गर्दा त्यो भयानक डर दर्शकहरूमा रुपान्तरित भएको थियो। देउरालीबाट तल झरेपछि समूहका एक शिकारी भन्छन्, ‘बाटो त बनाएर हिँड्ने हो। यहाँ त खस्यो कि गयो।’

महको शिकारमा निस्किएका थिए गोविन्द सिंह, राजेन्द्र सिंह, दलबहादुर सिंह र नरबहादुर। उनीहरूलाई पछ्याउँदै गए ‘हेर्ने कथा’का टिम कमल कुमार, जीवन रिजाल, प्रकाश देवकोटा र चालक। उनीहरूलाई त्यहाँसम्म पुर्‍याएर फर्काउने प्रण गरेका थिए नरबहादुरहरूले।

वृत्तचित्रमा बाँचेर फर्किएका जीवनका आँखामा आँसु भरिएका देखिन्छन्। डरले काँपिरहँदा पनि उनको हातबाट क्यामेराले खिच्न छाड्दैन। उनी भिरको यस्तो ठाउँमा अडिएका थिए, पाइला सार्दा मात्र पनि खस्ने सम्भावना हुन्थ्यो।

‘ठूलो भिरको टुप्पोमा थिएँ। त्यहाँबाट एकदमै राम्रो दृश्य देखिरहेको थिएँ। भिर, खोला, हिमाल एकैपटक। तर, तल एक पटक हेरेपछि फेरि हेर्न सकिनँ र कुनामा बसेँ। मलाई यो ठाउँमा पुगेर खिच्नुपर्ने खिच्न सकिनँ भन्ने फिल भएको थियो। डरैडरमा बल्लतल्ल माथि पुगेँ। प्रकाशजीले अँगालो मारेपछि बाँचेर आइयो भन्ने लागेछ अनि आँसु झारेछु,’ सभागृहको आाँगनमा बसेर उनी त्यो कहालीलाग्दो क्षण सम्झन खोज्छन्।

जीवनले त्यहाँ जाने भन्ने थाहा पाएपछि नै जोखिमको आकलन गरेका थिए। उसो त गाडीबाट छुटेर डेढ दिनको बाटो हिँडिसकेका थिए। पर्याप्त सामान पनि थिएन। संयोगले भेटिएको कथा छाड्नु पनि त थिएन।

संयोगले भेटिएको कथा
दसैं सकिएलगत्तै उनीहरू यात्रामा निस्किए। जानु थियो मुगु। तर, मुसलधारे पानीले बाटो अवरोध गर्न सुरु गरिसकेको थियो। मुगुको कथा खोज्न हिँडेको टोली पहिरोका कारण बाटो बदल्न पुग्यो। र, पुग्यो जाजरकोटको बारेकोट।

हेर्ने कथाकी निर्देशक विद्या चापागाईं काठमाडौंबाटै टिमसँग सम्पर्कमा थिइन्। खलंगादेखि सम्पर्क छुट्यो, ६ दिनसम्म।

जता गए पनि मान्छेको कथा खोज्नु थियो, कमल कुमारले नेतृत्व गरिरहेका हेर्ने कथाको टोलीले जाजरकोटकै एउटा मान्छेको कथा पछ्याइरहेको थियो। त्यो कथाको अन्त्यबाट नयाँ कथाको सुरुवात भयो। बास बस्ने बेलामा मह काढेर आएका मानिसहरू भेटिए। उनीहरूसँग कुरा गरेपछि थाहा भयो, भिरमौरीको मह काढ्ने मानिसको कथा। 

त्यसपछि उनीहरू भिरमौरीको शिकारमा हिँडेका स्थानीयको कथा पछ्याउन निस्किए। 

जोखिमको कथा
हेर्ने कथाको टिम ‘रिस्क’मा रमाउँछ। 

किन त ? 

विद्या भन्छिन्, ‘हामी यस्तो कथा भेटिन्छ भनेर पूर्वतयारीमा हुन्नौं। अनि कथाले यस्तरी बाँध्छ कि छाड्नै मन लाग्दैन।’

जोखिम व्यहोरिरहेका मान्छेसँग हिँड्दा कति पटक उनीहरू अत्तालिएका छन्। तैपनि त्यो जोखिम पछ्याउन छाड्दैनन्। ‘एकपटक हाम्रो डुंगा कोसीमा झण्डै पल्टेको। त्यतिबेला बाल-बाल बच्यौं,’ विद्या भन्छिन्। 

आफूहरू कालो निलो भइसक्दा पनि जीवनले भने क्यामेरा रोल गरिरहेका सम्झन्छिन् विद्या। कोसीको घटनाको पाठ सिकेर ‘चेफाको कथा’ भन्दा उनीहरूले लाइफ ज्याकेट पहिरिए। 

कोइलाखानीको कथा भन्दा भित्र पस्ने बेलामा जीवनले आँट गरे। अनि विद्याले पनि। यसरी हरेक यात्रा उनीहरूको आँटैले अघि बढ्छ। 

‘मान्छेको कथाले हामीलाई डोहोर्‍याउने रहेछ। काम र मान्छेको रहर जोडिएपछि त हेर्ने कथा बन्दो रहेछ,’ विद्या भन्छिन्। 

प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  १०:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
फागुन १५ मा ‘प्रवासी जीवन’ उनले मानसिक स्वास्थ्य समस्या र समाधानको विषयलाई केन्द्रीत गरेर फिल्म तयार परेकोलेप्रवासीको जीवनलाई नजिकबाट बुझ्न फिल्म फलदायी हुने ब... बिहीबार, मंसिर २५, २०८२
रहेनन् बलिउड अभिनेता धर्मेन्द्र यसको पुष्टि पारिवारिक सदस्यहरूले नै गरेका छन्। उनको अन्तिम संस्कार विले पार्ले श्मशान भूमिमा हुने भारतीय मिडियाले जनाएका छन्। उनलाई... सोमबार, मंसिर ८, २०८२
‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’ बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थियो। बिहीबार, भदौ ५, २०८२
ताजा समाचारसबै
‘काँग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँ’ : सभापति थापा शनिबार, माघ ३, २०८२
कांग्रेस केन्द्रीय समिति बैठक बानेश्वरमा, टिकट बाँड्न बनायो संसदीय बोर्ड शनिबार, माघ ३, २०८२
गगनलाई बधाई दिंदै सुजाताले भनिन् : ‘पार्टी फुटेको होइन, परिवर्तन आएको हो’ शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष अदालत जाने शनिबार, माघ ३, २०८२
टी-२० विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्