• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

‘बाघको बङ्गारा’मा जीवन खोज्नेहरू...

64x64
समर्पण श्री शुक्रबार, मंसिर २३, २०७९  १०:४७
1140x725

‘धन त बाघको बङ्गारामा हुँदो रहेछ!’

नरबहादुर सिंहको डरमिश्रित उद्‌गार निस्कन्छ।

यो कुरा उनले हजुरबाहरूबाट सुन्दै आएका। तर आफ्नै जीवनकालमा यथार्थ भोगिरहेका छन्। हत्केलामा ज्यान राखेर नरबहादुरहरू हर सिजन भिरमहको शिकारमा निस्कन्छन्। कारण, उनीहरूलाई दुई चार पैसाको आश छ। त्यही पैसाले जीवन जेनतेन चल्छ।

सधैं मह कहाँ पाइन्छ र? आशा गरेजत्ति मह नपाएपछि खिन्न अनुहार लगाएर फर्कनुपरेका दिनहरू छन् उनीहरूसँग।

कथा हो, जाजरकोटको।

खल्टाकुरीको अक्करे भिरमा महको शिकारमा निस्कन्छन् त्यहाँका मान्छे। तर, त्यहाँबाट मह काढेर ल्याउँदासम्म उनीहरू बाल-बाल बाँचेर फर्कन्छन्। ‘हेर्ने कथा’ले उनीहरूको यात्राको कथामात्र खिचेन, उनीहरूको संघर्षमात्र खिचेन। टिमका मानिसरू शिकारीहरूसँगै यात्रामा निस्किए। उनीहरूको संर्घषलाई नजिकबाट अनुभूत गरे।

‘भिरबाट खस्यो मात्र भने, लाशसमेत भेटिन्न थियो। एक समय समाएर हिँड्न पनि विष फल्ने रुख र सिस्नु थियो। त्यो कठिनाइ व्यक्त कसरी गरुँ?!,’ हेर्ने कथाका निर्देशक/प्रस्तोता कमलकुमार अनुभव सुनाउँछन्।

स्थानीयहरूका लागि त त्यो नियमित कर्म थियो। हेर्ने कथा टिमलाई जाजरकोटको कथा काठमाडौं पुर्‍याउनु थियो। त्यसका लागि यो यात्रा मृत्युको सम्मुख पुगेजस्तो थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभलको पहिलो दिन राष्ट्रिय सभागृहमा वृत्तचित्त ‘बाघको बङ्गारा’ हेर्दै गर्दा त्यो भयानक डर दर्शकहरूमा रुपान्तरित भएको थियो। देउरालीबाट तल झरेपछि समूहका एक शिकारी भन्छन्, ‘बाटो त बनाएर हिँड्ने हो। यहाँ त खस्यो कि गयो।’

महको शिकारमा निस्किएका थिए गोविन्द सिंह, राजेन्द्र सिंह, दलबहादुर सिंह र नरबहादुर। उनीहरूलाई पछ्याउँदै गए ‘हेर्ने कथा’का टिम कमल कुमार, जीवन रिजाल, प्रकाश देवकोटा र चालक। उनीहरूलाई त्यहाँसम्म पुर्‍याएर फर्काउने प्रण गरेका थिए नरबहादुरहरूले।

वृत्तचित्रमा बाँचेर फर्किएका जीवनका आँखामा आँसु भरिएका देखिन्छन्। डरले काँपिरहँदा पनि उनको हातबाट क्यामेराले खिच्न छाड्दैन। उनी भिरको यस्तो ठाउँमा अडिएका थिए, पाइला सार्दा मात्र पनि खस्ने सम्भावना हुन्थ्यो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘ठूलो भिरको टुप्पोमा थिएँ। त्यहाँबाट एकदमै राम्रो दृश्य देखिरहेको थिएँ। भिर, खोला, हिमाल एकैपटक। तर, तल एक पटक हेरेपछि फेरि हेर्न सकिनँ र कुनामा बसेँ। मलाई यो ठाउँमा पुगेर खिच्नुपर्ने खिच्न सकिनँ भन्ने फिल भएको थियो। डरैडरमा बल्लतल्ल माथि पुगेँ। प्रकाशजीले अँगालो मारेपछि बाँचेर आइयो भन्ने लागेछ अनि आँसु झारेछु,’ सभागृहको आाँगनमा बसेर उनी त्यो कहालीलाग्दो क्षण सम्झन खोज्छन्।

जीवनले त्यहाँ जाने भन्ने थाहा पाएपछि नै जोखिमको आकलन गरेका थिए। उसो त गाडीबाट छुटेर डेढ दिनको बाटो हिँडिसकेका थिए। पर्याप्त सामान पनि थिएन। संयोगले भेटिएको कथा छाड्नु पनि त थिएन।

संयोगले भेटिएको कथा
दसैं सकिएलगत्तै उनीहरू यात्रामा निस्किए। जानु थियो मुगु। तर, मुसलधारे पानीले बाटो अवरोध गर्न सुरु गरिसकेको थियो। मुगुको कथा खोज्न हिँडेको टोली पहिरोका कारण बाटो बदल्न पुग्यो। र, पुग्यो जाजरकोटको बारेकोट।

हेर्ने कथाकी निर्देशक विद्या चापागाईं काठमाडौंबाटै टिमसँग सम्पर्कमा थिइन्। खलंगादेखि सम्पर्क छुट्यो, ६ दिनसम्म।

जता गए पनि मान्छेको कथा खोज्नु थियो, कमल कुमारले नेतृत्व गरिरहेका हेर्ने कथाको टोलीले जाजरकोटकै एउटा मान्छेको कथा पछ्याइरहेको थियो। त्यो कथाको अन्त्यबाट नयाँ कथाको सुरुवात भयो। बास बस्ने बेलामा मह काढेर आएका मानिसहरू भेटिए। उनीहरूसँग कुरा गरेपछि थाहा भयो, भिरमौरीको मह काढ्ने मानिसको कथा। 

त्यसपछि उनीहरू भिरमौरीको शिकारमा हिँडेका स्थानीयको कथा पछ्याउन निस्किए। 

जोखिमको कथा
हेर्ने कथाको टिम ‘रिस्क’मा रमाउँछ। 

किन त ? 

विद्या भन्छिन्, ‘हामी यस्तो कथा भेटिन्छ भनेर पूर्वतयारीमा हुन्नौं। अनि कथाले यस्तरी बाँध्छ कि छाड्नै मन लाग्दैन।’

जोखिम व्यहोरिरहेका मान्छेसँग हिँड्दा कति पटक उनीहरू अत्तालिएका छन्। तैपनि त्यो जोखिम पछ्याउन छाड्दैनन्। ‘एकपटक हाम्रो डुंगा कोसीमा झण्डै पल्टेको। त्यतिबेला बाल-बाल बच्यौं,’ विद्या भन्छिन्। 

आफूहरू कालो निलो भइसक्दा पनि जीवनले भने क्यामेरा रोल गरिरहेका सम्झन्छिन् विद्या। कोसीको घटनाको पाठ सिकेर ‘चेफाको कथा’ भन्दा उनीहरूले लाइफ ज्याकेट पहिरिए। 

कोइलाखानीको कथा भन्दा भित्र पस्ने बेलामा जीवनले आँट गरे। अनि विद्याले पनि। यसरी हरेक यात्रा उनीहरूको आँटैले अघि बढ्छ। 

‘मान्छेको कथाले हामीलाई डोहोर्‍याउने रहेछ। काम र मान्छेको रहर जोडिएपछि त हेर्ने कथा बन्दो रहेछ,’ विद्या भन्छिन्। 

प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  १०:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर पूर्णिमासम्म मनाइने यस पर्वले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश दिन्छ । बिहीबार, असोज २९, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ शनिबार, असोज ३१, २०८३
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ शनिबार, असोज ३१, २०८३
पत्रकार श्रेष्ठ र पन्तबीच साइबर ब्युरोमा छलफल जारी शनिबार, असोज ३१, २०८३
अजय देवगनको बंगलामा बीएमसीको डोजर, अवैध निर्माणको हिस्सा भत्काइयो शनिबार, असोज ३१, २०८३
कांग्रेस सभापति गगन थापाले लिए शपथ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्