काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रदेश २ को सरकारलाई दिएको समर्थनका साथै सहभागिता निरन्तर रहने स्पष्ट पारेको छ।
उपेन्द्र यादव नेतृत्वको संघीय 8वादी फोरम केन्द्र सरकारमा सामेल भएपछि सोही पार्टीको नेतृत्वमा रहेको प्रदेश २ को सरकारका विषयमा फरक-फरक धारणा सार्वजनिक भएका थिए।
राजपाको अध्यक्ष मण्डलको बिहीबार बसेको बैठकले प्रदेश २ को सरकारको विरुद्ध कुनै पनि प्रकारको टिप्पणी नगर्न सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन समेत दिएको छ।
'माननीय लालबाबु राउतको नेतृत्वको राजपा नेपाल सम्मिलित सरकारलाई राजपा नेपालको समर्थन, सहयोग र सहभागिता निरन्तर रहने निर्णय गरेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ', बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।