काठमाडौँ– काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट माथिको छलफल सुरु भएको छ।
राष्ट्रिय सभागृहमा नगरसभाको १७ औँ अधिवेशन अन्तर्गत बजेट माथिको छलफल भइरहेको हो।
सभा सुरु गर्दै मेयर बालेनले बजेट माथि बोल्न चाहने नगरसभा सदस्यको नाम माग गरेका थिए।
महानगरपालिकाले २९ असारमा नगरसभामा बजेट पेस गरेको थियो। महानगरले आजै बजेट पारित गर्नुपर्ने कानुनी बाध्यता समेत रहेको छ।