काठमाडौं– कवि निर्भीकजंग रायमाझीको पहिलो कवितासंग्रह ‘त्यसरी त कहिल्यै सोचिएन’ शनिबारबाट सार्वजनिक हुँदै छ।
उनी पछिल्लो समयका लोकप्रिय कवि पनि हुन्। करिब १ दशकभन्दा बढी समयदेखि कवितामा साधना गरिरहेका निर्भीकका कविताहरू यसअघि मूलधारका पत्रपत्रिकाहरूमा छापिएका थिए।
निर्भीकका संयुक्त कवितासंग्रह ‘अनुहारको भीड’ र संयुक्त कथासंग्रह ‘छकालै’का मा पनि कथा/कविता प्रकाशित छन्। कवि निर्भीक एक वर्षयता अध्ययनको शिलशिलामा बेलायत बस्छन्।
संग्रह विमोचनको सेरोफेरोमा नेपाललाइभका समर्पण श्रीले उनीसँग गरेको कविता वार्ताको भिडिओ यहाँ प्रस्तुत गरेका छौँ।