१. संसदीय विशेष समितिले लियो जनार्दन शर्मासँग तीन घण्टा बयान, बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश नभएको दाबी, छानबिन समितिको म्याद सात दिन थप । ( छानबिन समितिको म्याद थप)
२. एसपीपी लिन्नौं भनेर पत्र लेख्छौं भनेको कुरा रोकिएकोप्रति एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालद्वारा सरकारको ध्यानाकर्षण, एसपीपीका सन्दर्भमा सदनलाई जानकारी दिन सभामुखको निर्देशन । (सरकारलाई सभामुखको निर्देशन)
३. महंगी बढेकोप्रति सरकार संवेदनहीन बनेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीको आरोप, महंगीका विषयमा बोलेको कुरालाई लिएर ट्रोल बनाएकामा असन्तुष्टि, सरकार तमासे पनि हुन नसकेको टिप्पणी । ( महंगीप्रति सरकार संवेदनहीन)
४. युक्रेनमा रुसको सैन्य चासो देशको पूर्वी क्षेत्रमा “मात्र“ सीमित नरहेको रुसी विदेशमन्त्री लाभ्रोभको चेतावनी, पश्चिमले युक्रेनलाई विभिन्न अस्त्र उपलब्ध गराएपछि मस्कोको रणनीति परिवर्तन भएको उल्लेख । (रुसीको चेतावनी)
५. र, अखिल नेपाल फुटबल संघको कार्यसमिति बैठक अजेन्डामा प्रवेश नै नगरी फेरि स्थगित, अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेको उल्लेख । (एन्फा कार्यसमिति बैठक फेरि स्थगित)