१. प्रतिनिधि सभाको उपसभामुखमा नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल निर्वाचित, २४२ सांसद उपस्थित रहेकोमा भुसालले पाइन् १४८ मत, दोस्रो प्रयासमा उपसभामुख बन्ने लक्ष्य पूरा (उपसभामुख पुष्पा)
२. धीरज प्रताप सिंहलाई आईजी बनाउने सरकारको निर्णयविरुद्ध दायर भएको रिट सर्वोच्च अदालतद्वारा खारेज, अदालतको फैसलासँगै सरकारको निर्णयबाट असन्तुष्ट एआइजी विश्वराज पोखरेल राजीनामा दिने तयारीमा (आइजी सदर)
३ अर्थमन्त्रालयका साथै सिंहदरबार परिसरका सीसीटीभी फुटेज डेटा डिलिट भएको अनुमानसमेत गर्न नसकिने सर्वोच्च अदालतको भनाइ, राष्ट्रिय बजेट निर्माणको गोपनियता र संवेदनशीलतासँग जोडिएको विषय रहेकाले मुद्दालाई अग्राधिकार (सर्वोच्चमा बजेट विवाद)
४. बेलायतमा प्रधानमन्त्री पदको दाबेदारी दौडमा भारतीय मूलका पूर्व वित्त मन्त्री ऋषि सुनक दोस्रो चरणमा पनि सबैभन्दा अगाडि, दोस्रो चरणको मतदानमा पेनी मोरडुएंटले ८३ मत पाउँदा लिज ट्रस ६४, केमी बाडेनोक ४९ र टम टुगेनडैटले पाए ३२ मत (बेलायतमा प्रधानमन्त्री दौड)
५. र, आईसीसी विश्वकप लिग–२ अन्तर्गत गएराति भएको खेलमामा भ्रमणकारी टोली नामिबिया स्कटल्यान्डसँग ३ विकेटले पराजित, शनिबार नेपालले नामिबियाको सामना गर्ने (शनिबार नेपालसँग नामिबिया)