१. ‘एम अधिकारी’ राष्ट्र बैंकका गभर्नर भएको भन्दै विरोध भएका बेलामा एमाले र गभर्नर अधिकारीबीच पत्राचार, ‘एम अधिकारी’ भन्ने व्यक्ति गर्भनर नभएको एमालेको जवाफ। (गभर्नरलाई एमालेको जवाफ)
२. प्रतिनिधि सभाको उपसभामुखमा सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल गौतमको मनोनयन दर्ता, एमालेबाट विद्या भट्टराईले दिइन् उम्मेदवारी । (उपसभामुखमा मनोनयन दर्ता)
३. प्रहरीकै योजनामा मोटरसाइकलमा कस्तुरीको बिना राखेर फसाइएको आशंका, सम्बन्धित क्षेत्रको सीसीटीभी फुटेज हेर्दा घटना शंकास्पद, एसपीको नेतृत्वमा छानबिन समिति गठन । ( एसपीको नेतृत्वमा छानबिन समिति)
४. कन्जरवेटिव पार्टीका नेता ऋषि सुनक बेलायती प्रधानमन्त्री बन्ने दौडको पहिलो नम्बरमा, पार्टी सांसदको चुनावमा ८८ मत, दोस्रो दिनको चुनाव बिहीबार । ( सुनक बेलायती प्रधानमन्त्री दौडको पहिलो नम्बरमा)
५. र, वेस्ट इन्डिज विरुद्धको टी–ट्वान्टी सिरिजका लागि भारतीय टिमको घोषणा, रोहित शर्माको कप्तानीमा १८ सदस्यीय टोली, पूर्व कप्तान विराट कोहली अटाएनन्। (भारतीय टिमको घोषणा)