१. विवादपछि माओवादी केन्द्रको पोलिटब्युरो सूची संशोधन, ३१ जना थप गर्दै १५६ जना पुर्याइयो, पोलिटब्युरोमा अध्यक्ष प्रचण्डले राखे छोरी, बुहारी र भाइ । (माओवादी केन्द्रद्वार पोलिटब्युरो गठन)
२. एसपीपी र एमसीसीका सम्बन्धमा अमेरिकालाई तीन पत्र पठाउन माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङको माग, माओवादीले एमसीसीबारे चुनावपछि विशेष बहस गर्ने । ( देव गुरुङको माग)
३. नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली संशोधन गर्ने, नियमावलीले नयाँ ब्रोकर कम्पनीहरु ल्याउन बाटो खुला हुने, बोर्डको निर्णयलाई लगानीकर्ताले गरे स्वागत । (बोर्डको निर्णयलाई लगानीकर्ताको स्वागत)
४. बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कन्जर्भेटिभ पार्टीको दलका नेताको रूपमा ’आज राजीनामा दिने, प्रधानमन्त्री पदमा केही समय निरन्तर’ रहने, आगामी अक्टोबरसम्म नयाँ प्रधानमन्त्रीको चयन भैसक्ने । (संकटमा बेलायती प्रधानमन्त्री)
५. र, आईसीसी विश्वकप लिग टूका लागि आज नेपाली राष्ट्रिय क्रिकेट टोली स्कटल्याण्ड जादै, स्कटल्याण्ड भ्रमणका क्रममा नेपालले घरेलु टोली र नामिबियासँग खेल्ने । (नेपाली टिम स्कटल्याण्ड जादै)