१. बजेट बहुतै खतरनाक प्रक्रियाबाट आएको एमाले अध्यक्ष केपी ओलीको भनाइ, अनाधिृकत मानिस राखेर केही घरानाका लागि बजेट बनाइएको दाबी, संसदीय छानबिन समिति बनाउन माग । (सरकारप्रति आक्रामक ओली)
२. मन्त्रिपरिषद् हेरफेर, जनता समाजवादी पार्टीका भौतिक पूर्वाधार, कृषि तथा पशुपन्छी विकास र वनमन्त्री फिर्ता, तीन मन्त्री नियुक्त, संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठ भने यथावत । (मन्त्रिपरिषद् हेरफेर)
३. सुन तस्करका नयाँ शैली, सर्टका टाँक नै सुनको बनाएर तस्करी गरेको आरोपमा एक जना पक्राउ, अपरिचित व्यक्तिले दिएको सामान बुझ्दै नबुझी नलिन भन्सार कार्यालयको आग्रह । (सुन तस्करका नयाँ शैली)
४. श्रीलंकामा पेट्रोल भण्डार रित्तिन लागेको ऊर्जामन्त्रीको चेतावनी, नियमित माग पूरा गर्नेगरी वितरण गर्न हो भने बाँकी भएको पेट्रोल एक दिनका लागि पनि नपुग्ने । (श्रीलंकामा आर्थिक संकट)
५. र, प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीद्वारा लिड्स युनाईटेडबाट इंग्ल्यान्डका मिडफिल्डर काल्भिन फिलिप्सलाई अनुबन्ध, ब्राजिलियन स्ट्राइकर गाब्रियल जिसस म्यानचेस्टर सिटीबाट इंग्लिस क्लब आर्सनलमा । (फिलिप्स सिटीमा अनुबन्धित)