१) एमालेबाहेकको 'बाममोर्चा' निर्माण गर्ने विषयमा माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष नेपाल र जसपा अध्यक्ष यादवबीच छलफल, समाजवादी कार्यदिशा अंगालेका कम्युनिष्ट र अन्य बामपन्थी दलहरुलाई एक ठाउँमा ल्याउन छलफल थालिएको सहभागी नेताहरुको भनाइ (बाममोर्चा बनाउन छलफल)
२) २१ गैंडाको सिकार गरेको आरोप लागी फरार भएका बमबहादुर प्रजा पक्राउ, शुक्रबार धादिङको मलेखुबाट पक्राउ परेका प्रजालाई राष्ट्रिय निकुञ्जको जिम्मा लगाएर चितवन पठाइयो (समातिए खाग तस्कर)
३) पछिल्लो दुई सातायता काठमाडौं उपत्यकामा देखिएको हैजाका बिरामी दैनिक थपिँदै, शुक्रबारसम्म उपत्यकाका १७ जनामा हैजाको पुष्टि, हैजा, झाडापखाला जस्ता रोग फैलिरहेकाले सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयके आग्रह (राजधानीमा हैजा)
४) फिलिपन्सको सत्तामा ३६ वर्षपछि फर्कियो मार्कोस परिवार, रोड्रिगो दुतेर्तेपछि फर्डिनाण्ड मार्कोस जूनियर नयाँ राष्ट्रपति, राष्ट्रपति चुनावमा पाए ६० प्रतिशत भोट । (सत्तामा ३६ वर्षपछि मार्कोस परिवार)
५) र, कतारमा हुने विश्वकपका लागि फिफाद्वारा पहिलो चरणमै १८ लाख टिकट बिक्री, ३० लाख टिकट बिक्री हुने अपेक्षा, दोस्रो चरणमा जुलाई पाँचदेखि टिकट बिक्री गरिने । (फिफा कतार विश्वकपको तयारी)