१. आइतबार नियुक्त भएका मन्त्रीहरूले लिए शपथ, नयाँ मन्त्री आउने बित्तिकै सरुवा नहुने शहरी विकास मन्त्री मेटमणि चौधरीको भनाइ, असहयोग गर्नेलाई नछोड्ने चेतावनी । ( नयाँ मन्त्रीहरूले लिए शपथ)
२. आसन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ कैदीबन्दीलाई पनि मत हाल्ने व्यवस्था गर्न सर्वोच्च अदालतको आदेश, कैदीबन्दीहरुको मतदाता नामावली संकलन तथा अध्यावधिक गर्न गराउन आदेश जारी । (सर्वोच्च अदालतले आदेश)
३. जग्गा धितो राख्न रोक नलगाएको भूमि व्यवस्थामन्त्री शशी श्रेष्ठको भनाइ, स्थानीय तहबाट जग्गाको वर्गीकरण भएपछि मात्र कित्ताकाट र धितो राखी ऋण लिन पाउने तर्क । ( जग्गा धितो राख्न रोक नलगाइको दाबी)
४. रूसबाट सुनको आयातमा प्रतिबन्ध लगाउने जी सेभेन सदस्य देशहरुको निर्णय, युक्रेनलाई थप सहयोग गर्ने, जी सेभेनका नेताहरुलाई धम्की दिन किएभमा रुसद्वारा दर्जनौं क्षेप्यास्त्र प्रहार । (रूसविरुद्ध जी सेभेन बैठक)
५. र, ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा नेपाल आर्मी टिम च्याम्पियन, एपीएफ क्लब ९ स्वर्ण, ६ रजत ८ कांस्यसाथ दोश्रो, शिवराज र जयरानी उत्कृष्ट खेलाडी । (शिवराज र जयरानी उत्कृष्ट खेलाडी)