१० करोड मोलमोलाइमा मुछिएका न्यायाधीशमाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन, छानबिनका लागि समितिलाई ४५ दिनको समय, आफैंलाई निलम्बन गरेको वकिलको स्वघोषणा। (छानबिनका लागि समिति गठन)
२. विवादित डा पुकारलाई अवकाशपछि पनि निर्देशक बनाउन कानुन नै संशोधन, ‘एक जना व्यक्तिलाई निर्देशक बनाउन राज्य शक्तिको दुरुपयोग’, मन्त्रालयले नै गरेको थियो कारबाही सिफारिस । (विवादित डाक्टरका लागि कानुन संशोधन)
३. रवि लामिछानेले निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको निवेदन खारेजीको माग गर्दै उजुरी, ‘राष्ट्रिय स्वतन्त्र पार्टी’लाई दलको नाम दिँदा स्वतन्त्र उम्मेदवारहरुलाई असहज हुने तर्क । (निर्वाचन आयोगमा उजुरी)
४. अमेरिकी सासंदहरुद्वारा बन्दुक नियन्त्रणसम्बन्धी ऐतिहासिक द्विपक्षीय विधेयकमा सहमति, अविवेकीरूपमा बन्दुक चलाउन सक्ने ठानिएका व्यक्तिहरूबाट बन्दुक फिर्ता लिने व्यवस्था । (विधेयकमा सहमति)
५. र, एसियन कप छनोटको नतिजा हेर्न भारतीय फुटबल महासंघले ज्योतिष कम्पनीसँग तीन महिनाका लागि सम्झौता गरेको खुलासा, एआईएफएफले कम्पनीलाई दुई महिनाको रकम भुक्तानी दिइसकेको उल्लेख। (ज्योतिष कम्पनीसँग सम्झौता गरेको खुलासा)