१. पेट्रोलमा २१ र डिजेलमा २७ रूपैयाँ मूल्य बढ्यो, लिटरको १९९ पुग्यो पेट्रोल, इन्धनको मूल्यवृद्धिबारे सभामुखले गरे सरकारलाई रुलिङ, कांग्रेस महामन्त्रीद्वयद्वारा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण । (फेरि बढ्यो इन्धनको मूल्य)
२. घर जग्गा धितो राखेर कर्जा नदिने निर्णय तत्काल कार्यान्वयन नर्गन सर्वोच्चको अन्तरिम आदेश, कर्जा प्रवाह रोक्ने कार्यले नागरिकको मौलिक हकमा अनुचित असर पर्ने उल्लेख । (सर्वोच्चको अन्तरिम आदेश)
३. काठमाडौं उपत्यकामा जारको पानी समेत नक्कली, कम्पनी नै नभएकोहरुले अन्य कम्पनीको ट्रेडमार्क चोरी गरेर पानी बेच्ने गरेको भेटियो, दुई जना पक्राउ । ( काठमाडौंमा जारको पानी समेत नक्कली)
४. सैनिक भर्तीसँग सम्बन्धित भारत सरकारको नयाँ 'अग्निपथ' योजनाको विरोधमा सोमबार भारत बन्दको घोषणा, भारतभर ४९१ रेल प्रभावित, २० जिल्लामा इन्टरनेट सेवा अवरुद्ध पारियो । (सोमबार भारत बन्दको घोषणा)
५. र, बहराइनलाई हराउँदै नेपाल एसिसी महिला टी २० च्याम्पियनसिपको सेमिफाइनल प्रवेश, बहराइन ८ विकेटले पराजित, समूह ‘बी’मा रहेको नेपाल शीर्ष स्थानमा । (नेपाल सेमिफाइनल प्रवेश)