१. एसपीपीका विषयमा प्रचण्ड, नेपाल र यादवबीच छलफल, यथार्थ कुरा बाहिर आउनुपर्ने उल्लेख, सम्झौता ओली सरकारकै पालामा अघि बढेको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको दाबी। (एसपीपीका विषयमा छलफल)
२. राष्ट्रिय सुरक्षा र परराष्ट्र सम्बन्धका कुरामा दलहरु एक ठाउँमा उभिनुपर्ने एमाले उपमहासचिव प्रदीप ज्ञवालीको भनाइ, आन्तरिक राजनीति खपतका निम्ति बाह्य सम्बन्धलाई गिजोल्ने गरिएकोमा असन्तुष्टि व्यक्त। (प्रदीप ज्ञवालीद्वारा असन्तुष्टि व्यक्त)
३. तल्लो वर्गका जनतालाई प्राथमिकतामा राखेर बजेट ल्याउन आफूले जितेका पालिकालाई माओवादी केन्द्रको निर्देशन, भ्रष्टाचार जन्य गतिविधि भए पार्टीलाई सह्य नहुने चेतावनी। (माओवादी केन्द्रको निर्देशन)
४. पाकिस्तानमा सुरक्षा कम्पनी सञ्चालन गर्ने चिनियाँ अनुरोध इस्लामावादद्वारा अस्वीकार, पाकिस्तानमा कुनै पनि देशले सुरक्षा कम्पनी स्थापना गर्न नसक्ने गृहमन्त्री राणा सनाउल्लाहको भनाइ। (चिनियाँ अनुरोध इस्लामावादद्वारा अस्वीकार)
५. र, एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपालको जित, कुवेत २५ रनले पराजित, लगातार दोस्रो जितसहित नेपालको सेमिफाइन पुग्ने सम्भावना बलियो। (नेपालसँग कुवेत २५ रनले पराजित)