१. माओवादी अब नेपालको वामपन्थी आन्दोलनको रुपमा नरहेको एमाले महासचिव शंकर पोखरेलको भनाइ, जनतालाई यथोचित सम्बोधन गर्न चुक्दा पहिले जितेकाभन्दा हारेका ठाउँमा जित्न सजिलो भएको जिकिर। (एमाले महासचिव शंकर पोखरेलको भनाइ)
२. गठबन्धनले एकीकृत समाजवादीको सम्मान गर्न नसकेनको सम्मानित नेता झलनाथ खनालको प्रतिक्रिया, आफूहरूले पार्टीलाई राष्ट्रव्यापी रुपमा विस्तार र विकास गरेको दावी । (गठबन्धनबारे झलनाथ खनालको प्रतिक्रिया)
३। काठमाडौंका मेयर शाहले गरे क्षेत्रपाटी चिकित्सालयको अनुगमन, विपन्नलाई निःशुल्क उपचारको ग्यारेन्टी गर्न निर्देशन, अस्पताल प्रवेश गर्ने जोसुकै उपचारविहीन अवस्थामा फर्कनु नपरेको अस्पतालको दावी । (मेयर शाहको निर्देशन)
४. संवैधानिक जिम्मेवारी पूरा नगरेको आरोपमा बोलिभियाकी पूर्व राष्ट्रपति अनेजलाई १० वर्ष जेल सजायको फैसला, आफूलाई राजनीतिक पूर्वाग्रहका आधारमा झुटा आरोपहरू लगाइएको अजेनको तर्क। (अनेजलाई १० वर्ष जेल सजाय)
५. र, नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत आज आयोजक टोली कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दै, ७ पटक हराएको कुवेतविरूद्ध नेपाललाई इतिहास रच्ने मौका। (नेपाललाई इतिहास रच्ने मौका)