१. बलात्कार घटनामा हदम्याद राख्दा मुद्दाको चाङ लाग्ने सांसदहरूको तर्क, कानुन आयोगको प्रतिवेदनपछि निर्णय हुने कानुनमन्त्रीको भनाइ, पीडितलाई क्षतिपूर्ति दिन अलग्गै कानुनको आवश्यकता देखिएको उल्लेख । ( हदम्याद राख्नुपर्ने विषयमा सांसदहरूको तर्क)
२. माधव नेपालसमेत सहभागी गठबन्धनको बैठकमा तत्काल मन्त्री हेरफेर नगर्ने सहमति, मन्त्री हेरफेर गर्ने निर्णयमा पार्टी दृढ रहेको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको प्रतिक्रिया । (तत्काल मन्त्री हेरफेर नगर्ने सहमति)
३. मन्त्री फेर्ने निर्णयले एकीकृत समाजवादीमा विवादः छापामार शैलीमा हटाइएको भन्दै फिर्ता हुन मन्त्रीहरुको आनाकानी, शनिबार नै भएको थियो निर्णय, सचिवालय बैठकको निर्णय प्रक्रियामै प्रश्न । (एकीकृत समाजवादीमा विवाद)
४. पश्चिमा देशले लामो दूरीसम्म प्रहार गर्न मिल्ने अस्त्र युक्रेनलाई दिए थप आक्रमण विस्तार गर्ने रुसी राष्ट्रपति पुटिनको चेतावनी, युरोपेली देशहरूबाट पठाइएका ट्याङ्कहरूमा आक्रमण गरेको दाबी । (रुसी राष्ट्रपतिको चेतावनी)
५. र, मलेसियामा जारी आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालको दोस्रो जित, भुटान ४ विकेटले पराजित, अब नेपालले मंगलबार थाइल्याण्डसँग खेल्ने । (भुटानमाथि नेपालको जित)