१. रुपन्देहीको रोहिणी नदीमा भएको यात्रुबस दुर्घटनामा ९ जनाको मृत्यु, २४ जना घाइते, बसका चालक निदाउँदा दुर्घटना भएकोजस्तो देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धान । (रुपन्देहीमा बस दुर्घटना)
२. एकीकृत समाजवादीद्वारा मन्त्रिमण्डल परिर्वतन, ५ जनाको नयाँ नाम प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष सिफारिस, पर्यटनमा श्रेष्ठ, सहरी विकासमा चौधरी र स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्रीबाट भवानीप्रसाद खापुङको बढुवा । ( एकीकृत समाजवादीद्वारा मन्त्री परिर्वतन)
३. पार्टीका सदस्यहरूबाट एकसय रुपैयाँ संकलन गर्ने माओवादी केन्द्रको निर्णय, संकलित रकमले कार्यालय भवन विस्तार तथा व्यवस्थापनको काम गरिने, अखिल क्रान्तिकारीको विवाद समाधानको जिम्मा अध्यक्ष प्रचण्डलाई । (माओवादी केन्द्रको निर्णय)
४. केही रुसी सैनिकद्वारा युक्रेन युद्धको अग्रपंक्तिमा रहेर लड्न अस्वीकार, रातको समयमा आवश्यक आधारभूत उपकरणहरू समेत नदिई परिचालन गर्न खोजिएको दाबी, युद्ध अनुभवबाट आघातमा परेको उल्लेख । ( रुसी सैनिकद्वारा युद्धमा जान अस्वीकार)
५. र, आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र ओमानसँगको सिरिज अघि नेपाली टोलीका ओपनर आसिफ र कुशल घाइते, कसलाई खेलाउने भन्नेबारे छलफल भइरहेको क्यानको प्रतिक्रिया । (आसिफ र कुशल घाइते)