१. तारा एअर विमान दुर्घटनाः विमानमा सवार २२ मध्ये २१ जनाको शव भेटियो, १० शव पाेखरा ल्याइयो, दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय जाँच आयोग गठन । (तारा एअर विमान दुर्घटना)
२. निजी क्षेत्रलाई उत्पादनमा उत्साही बनाउन उनीहरुको माग सम्बोधन गरेको अर्थमन्त्री जनार्दन शर्माको भनाइ, अनावश्यक वस्तु ल्याउन नभएको दाबी, निजगढ नेपालीको सपना भएको तर्क । (अर्थमन्त्री जनार्दन शर्माको दाबी)
३. नगर कार्यपालिकाको बैठक ’लाइभ’ गर्ने मेयर बालेन शाहको पहिलो निर्णय, फोहोर व्यवस्थापनलाई प्राथमिकता दिएको उल्लेख, पारदर्शी, पवित्र र पारस्परिक रुपमा काम गर्ने उपमेयर डंगोलको प्रतिक्रिया । ( मेयर बालेन शाहको पहिलो निर्णय)
४. ब्राजिलमा भीषण वर्षा पछिको बाढीका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो, अझै बेपत्ता हुनेको संख्या ५६, उत्तरपूर्वी राज्य पर्नाम्बुकोमा आपतकालीन अवस्थाको घोषणा । (ब्राजिलमा भीषण वर्षा)
५. र, झापा फुटबल क्लब सहिद स्मारक ’बी’ डिभिजन लिगमा बढुवा, ’सी’ डिभिजन लिग अन्तर्गत सोमबार विरगंज युथ एकेडेमी ५–० गोल अन्तरले पराजित । ( झापा ’बी’ डिभिजनमा बढुवा)