१. नीति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा दलका नेताहरुबीच आरोप प्रत्यारोप, उद्योगमन्त्री बडुले असंसदीय भाषा प्रयोग गरेको भन्दै एमालेले जनायो आपत्ति (संसदमा आरोप–प्रत्यारोप)
२. काठमाडौं महानगरपालिकालाई विश्वकै उत्कृष्ट सहर बनाउने नवनिर्वाचित मेयर बालेन शाहको घोषणा, विकास र राम्रो कामकका लागि बाधक नबन्ने उपमेयर सुनिता डंगोलको स्पष्टोक्ति (युवाको काँधमा काठमाडौं)
३. श्रीमती हत्यामा दोषी ठहर पूर्वडीआईजी रञ्जन कोइराला सर्वाेच्च परिसरबाटै भएका थिए फरार, फैसला उल्टिने सूचना चुहिएपछि उनी अदालतबाट बाहिरिएको आशंका ( पूूर्वडीआईजी कोइराला फरार)
४. अन्तर्राष्ट्रिय शान्ति स्थापनार्थ पुर्याएको योगदानलाई कदर गर्दै तीन नेपालीलाई संयुक्त राष्ट्रसंघद्वारा अवार्ड, प्रहरीका उमेश मेहत्तर र सैनिकद्वय पिताम्बर थापा र दीपेन्द्र बस्ती मृत्युपर्यन्त सम्मानित (तीन नेपाली सम्मानित)
५. र, च्याम्पियन्स लिग फाइनलअघि स्पेनिस क्लब रियल मड्रिडद्वारा उपाधि रक्षाका लागि २६ सदस्यीय टोली घोषणा, फाइनल खेल शनिबार राति पेरिसमा इङ्लिस क्लब लिभरपुलसँग खेल्दै (च्याम्पियन्स लिग)