१. स्थानीय तहको निर्वाचनमा बेहोर्नुपरेको हारको प्रमुख कारण 'अन्तरघात’ भएको एमालेको 'प्रारम्भिक निष्कर्ष’, अध्यक्ष ओलीको प्रतिक्रिया– हाम्राले कताबाट सिके भन्ने समीक्षा हुन्छ । ( एमालेको 'प्रारम्भिक निष्कर्ष’)
२. ७ सय ४७ स्थानीय तहको नतिजा सार्वजनिक, काठमाडौं महानगरसहित केहीको मतपरिणाम आउन बाँकी, ७ दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई एकीकृत समाजवादीको निर्देशन। (स्थानीय तहको नतिजा)
३. पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध १५ विद्यार्थी सङ्गठनद्वारा आयल निगमको कार्यालय घेराउ, कर कटौतीको माग, पढ्नलाई घरबाट पठाएको पैसा गाडीभाडा तिर्नमै सकिने गरेको भन्दै आक्रोश व्यक्त । (मूल्यवृद्धिविरुद्ध विद्यार्थी संगठन अन्दोलित)
४. अमेरिकाको टेक्सासमा एक १८ वर्षीय युवकद्वारा अन्धाधुन्ध गोली प्रहार, १८ बालबालिकासहित २१ जनाको मृत्यु, नयाँ बन्दुक नीति ल्याउनु पर्ने उपराष्ट्रपति कमला ह्यारिसको भनाइ। (अमेरिकाको एक विद्यालयमा आक्रमण)
५. र, नेपाल टी२० लिग खेल्ने ६ फ्रेन्चाइज क्रिकेट टोलीको नाम सार्वजनिक, लिगमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्न सहभागी हुने । (६ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक)