१. गण्डकी प्रदेशमा खुम्चियो कांग्रेस, एकीकृत समाजवादीलाई पोखराको भर, चुनावी कमान्डर उपसभापति पूर्णबहादुर खड्काकै गृहनगरको पराजयले कर्णालीमा खुसी हुन सकेन कांग्रेस, अन्तर्घातको आरोप । (गण्डकी प्रदेशमा खुम्चियो कांग्रेस)
२. नाबालिकामाथि हुने बलात्कारलगायत जघन्य अपराधका घटनामा हदम्याद लगाउने कानुनी व्यवस्था हटाउन सरकारसँग महिला सांसदहरुको माग, तत्काल कानुन संशोधन नगरे संसदमा संकल्प प्रस्ताव ल्याउने चेतावनी । (सरकारसँग महिला सांसदहरुको माग)
३. धरान र धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेद्वार विजयी, धरानमा हर्कराज साम्पाङ र धनगढीमा गोपाल हमालको जित, अहिलेसम्म कांग्रेसले ३१४ पालिका जित्दा एमालेले जित्यो १९३ पालिका । (दुई उपमहानगरमा स्वतन्त्र उम्मेद्वार विजयी)
४. अष्ट्रेलियामा झन्डै एक दशकपछि लेबर पार्टीको जित, नौ वर्षदेखि सरकार चलाइरहेको पार्टी विस्थापित, नागरिकको जीवन यात्रामा कुनै बाधा नपुग्ने नयाँ प्रधानमन्त्री एन्थोनी एल्बेनिजको प्रतिक्रिया । (अष्ट्रेलियामा नयाँ प्रधानमन्त्री निर्वाचित)
५. र, नेपाल र अफगानिस्तानबीच हुने भनिएको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल नहुने, ट्राभलिङ ईस्यूका कारण अफगानिस्तानको टोली कतारको ट्रेनिङ क्याम्पमा सहभागी नहुने भएपछि खेल स्थगित । (मैत्रीपूर्ण फुटबल नहुने)