१. अहिलेसम्म सार्वजनिक मत परिणाम अनुसार कांग्रेस ३०७ पालिकामा विजयी, १८८ स्थानमा एमालेले जित्यो, काठमाडौंमा बालेन, भरतपुरमा रेणु र पोखरामा कृष्णको अग्रता कायमै । (बालेनको अग्रता कायमै)
२. किशोरी बलात्कार गरेको आरोपमा सान्दर्य प्रतियोगिताका आयोजक मनोज पाण्डे पक्राउ, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुवरले दिए स्वयम्भुबाट पाण्डेलाई पक्राउ गरिएको जानकारी । ( बलात्कार गरेको अभियोगमा पाण्डे पक्राउ)
३. महानगर र उपमहानगरका अधिकांश ठाउँमा प्रमुख गुमाएको एमालेको उपप्रमुखमा भने प्रगति, महानगर र उपमहानगर गरी १७ मध्ये ११ ठाउँका उपप्रमुख जित्ने संकेत । (उपप्रमुखमा एमालेको प्रगति)
४. भारतका विभिन्न ठाउँमा अत्यधिक वर्षा र चट्याङ, बाढीका कारण १५ र चट्याङ लागेर ३३ जनाको मृत्यु, ५ सयभन्दा धेरै परिवार रेलवे ट्रयाकमा रहन बाध्य । (भारतकामा अत्यधिक वर्षा र चट्याङ)
५. र, भ्रमणकारी युगान्डाविरुद्धको पाँचौ तथा अन्तिम टी२० आई क्रिकेट सिरिजमा घरेलु टोली नेपालको सानदार जित, ५ टी२० आई सिरिजमा युगान्डा ३–२ ले विजयी । ( युगान्डाविरुद्ध नेपालको सानदार जित)