१. दार्चुलामा भारतीय संरचना रोक्न सरकारको ध्यानाकर्षण गर्ने एमालेको निर्णय, घोषणापत्रमा समेट्नुपर्ने विषयका लागि सार्वजनिक आह्वान, मतपत्रको रङ परिवर्न गर्ने र कार्यतालिका बनाउने निर्णयको पनि विरोध । ( दार्चुलामा भारतीय संरचना रोक्न ध्यानाकर्षण)
२. अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न कांग्रेस केन्द्रीय सदस्यहरूको माग, आर्थिक संकट झन् गहिरिने हुनाले समयमै समाधान खोज्न प्रधानमन्त्री देउवालाई गराए सचेत । (अर्थमन्त्री बर्खास्तीको माग)
३. नेपालको ३ दिने भ्रमण सकेर चिनियाँ विदेशमन्त्री वाङ यी स्वेदश फिर्ता, नेपाललाई भू–राजनीतिक खेलमा संलग्न गर्ने कुरा चीनले विरोध गर्ने उल्लेख । (चिनियाँ विदेशमन्त्री स्वदेश फिर्ता)
४. चीनमा गत सोमबारदेखि बेपत्ता भएको यात्रुबाहक विमानमा रहेका सबै १३२ यात्रुको मृत्यु भएको पुष्टि, विमानको 'ब्याकबक्स' मात्रै फेला परेको उल्लेख । (१३२ यात्रुको मृत्यु भएको पुष्टि)
५. र, आईसीसी महिला विश्वकप प्रतियोगितामा दक्षिण अफ्रिकासँग भारत ३ विकेटले पराजित, अन्तिम २ बलमा ३ रन बचाउन नसक्दा विश्वकपबाटै बाहिरियो, वेस्ट इन्डिज सेमिफइनल प्रवेश । ( महिला विश्वकपबाट बाहिरियो भारत)