१. मन्त्रिपरिषद् हेरफेर हुन सक्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइ, नयाँ मन्त्री आउने सम्भावना रहेको उल्लेख, माओवादीलाई हैसियत अनुसार भाग चाहिने दाबी । (प्रचण्डको दाबी)
२. झगडाको खेती फस्टाओस् भनेर पहिचानको राजनीति ल्याइएको एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्क, आफू नेतृत्वको सरकारले तराईमा ठूलो परिवर्तन र ठूलो विकास ल्याएको दाबी । (पहिचानको राजनीतिप्रति आक्रामक ओली)
३. आउँदो वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवार हुन राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता रोक्न सर्वोच्चको अन्तरिम आदेश, कारणसहित लिखित जवाफ पेस गर्नुपर्ने । (सर्वोच्चको अन्तरिम आदेश)
४. रुसी राष्ट्रपति पुटिनले जैविक तथा रासायनिक अस्त्र प्रयोग गर्न लागेको अमेरिकी राष्ट्रपति बाइडेनको दाबी, पुटिनले पश्चिमा समुदायको एकताबद्ध प्रतिक्रियाले झनै चर्का कारबाही गर्न सक्ने आशंका । (बाइडेनको आशंका)
५. र, क्यानद्वारा घरेलु मैदानमा खेल्ने एकदिवसीय र टी–२० सिरिजका लागि छुट्टाछुट्टै राष्ट्रिय टोली घोषणा, दुवै टोलीमा पूर्वकप्तान मल्ल र विकेटकिपर ब्याट्सम्यान भण्डारी परेनन् । (छुट्टाछुट्टै राष्ट्रिय टोली घोषणा)