१. पाँच दलीय गठबन्धनको खटपट मिलाउने काम निर्वाचन आयोगको हो ? भन्दै एमाले अध्यक्ष ओलीको प्रश्न, वैशाख ३० गते देशभर एउटै कुचोले ५ दललाई बढार्ने दाबी । (निर्वाचन आयोगलाई ओलीको प्रश्न)
२. एमाले अध्यक्ष ओलीलाई रुपान्तरण गर्न नसकिएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दाबी, अहिले कमल थापासँग चुनावी तालमेल गर्ने अवस्थामा पुगेको टिप्पणी । (आरोप–प्रत्यारोपमा शीर्ष नेता)
३. गृहसचिव नेतृत्वको बढुवा सिफारिस समितिले तीन डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरेपछि त्यसविरुद्ध उजुरी, १५ दिनभित्र टुंगो लगाइसक्नुपर्ने कानुनी प्रावधान । ( एआईजी बढुवा सिफारिसविरुद्ध उजुरी)
४. युक्रेनको हवाई क्षेत्र नियन्त्रणमा लिन रुस असफल, सडकहरुमा जारी झडपले मारिओपोलमा उद्धार कार्य प्रभावित, 'अविलम्ब' वार्ताका लागि अघि सर्न पुटिनसँग युक्रेनी राष्ट्रपति जेलेन्स्कीको आह्वान । ( हवाई क्षेत्र नियन्त्रणमा लिन रुस असफल)
५. र, अखिल नेपाल फुटबल संघद्वारा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय टोलीको विदाइ, थाइल्यान्डसँग जितको आशा रहेको एन्फा अध्यक्ष शेर्पाको प्रतिक्रिया । (नेपाली राष्ट्रिय फुटबल टोलीको विदाइ)