१. एमसीसीबारे प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले सांसद भीम रावलबीच सवाल–जवाफ, उतिबेला किन मन्त्रीबाट राजीनामा नदिएको भन्दै प्रधानमन्त्री आक्रोशित, झुटो बोलेको रावलको जवाफ । (देउवा र रावलबीच सवाल जवाफ)
२. प्रकाश सपुतको गीतका बारेमा उत्तेजित हुन जरुरी नरहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रतिक्रिया, 'पिर’ राजनीतिक पूर्वाग्रहबाट अभिप्रेरित नभएको सपुतको प्रष्टीकरण, कसैलाई असर परे आत्मालोचना गर्ने उल्लेख । (प्रकाशको गीतमा प्रचण्डको प्रतिक्रिया)
३. स्थानीय तहको निर्वाचनमा जसपाले प्रत्येक पालिकामा केन्द्रीय सदस्य खटाउने, सरकार चलाउने र चुनाव लड्ने गठबन्धन बेग्लाबेग्लै हुनसक्ने प्रचार विभाग प्रमुख डम्बर खतिवडाको भनाइ । (निर्वाचनको तयारीमा जुट्यो जसपा)
४. युक्रेनको आकाशलाई उडान निषेधित क्षेत्र बनाउन नेटोलाई पुनः राष्ट्रपति जेलेन्स्कीको आग्रह, रुसले मद्दत मागेको भन्ने दाबी ‘मिथ्या सूचना’ भएको चीनको भनाइ । (चीनको दाबी)
५. र, सहिद स्मारक ‘बी’ डिभिजन लिगमा खुमलटार युथ क्लबविरुद्ध टुसाल युथको फराकिलो जित, खुमलटार ३–० गोलअन्तरले पराजित, झम्सिखेल र नयाँबस्ती बराबरीमा रोकिए । (टुसाल युथ क्लबको फराकिलो जित)