१. प्रधानन्यायाधीश राणाविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव प्रतिनिधि सभामा पेस, प्रस्तावमाथिको छलफल चैत २ गते, महाभियोगको निराकरण संसद्बाटै हुने कानुनमन्त्री बडूको दाबी । (महाभियोग प्रस्ताव प्रतिनिधि सभामा पेस)
२. एमालेको अवरोधबीच भीम रावलले समय लिएर मागे– भारतले दार्चुलामा खोला मिचेर बनाएको तटबन्ध, एमसीसी र चुच्चे नक्साबारे जवाफ, प्रधानमन्त्रीले सदनमा जानकारी गराउनुपर्ने प्रेम सुवालको माग । (प्रधानमन्त्रीले सदनमा जानकारी गराउनुपर्ने माग)
३. नेकपा एकीकृत समाजवादीका माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दामा चैत २० देखि अन्तिम सुनुवाइ हुने, दुवै पक्षको बहसपछि सर्वोच्चले आफ्नो फैसला सुनाउने । (अन्तिम सुनुवाइको मिति तय)
४. अहिलेसम्म १ हजार तीनसय युक्रेनी र १२ हजार रुसी सैनिकको मृत्यु भएको युक्रेनका राष्ट्रपति जेलेन्स्कीको दाबी, पश्चिमा देशका वाहनहरूलाई “निसाना“ बनाउन सक्ने रुसको चेतावनी । (अमेरिकालाई रुसको चेतावनी)
५. र, साफ यू–१८ महिला च्याम्पियनसिप खेल्न नेपाली राष्ट्रिय टोली भारत प्रस्थान, नेपालले चैत १ गते उद्घाटन खेलमा आयोजक टोली भारतको सामना गर्ने । (नेपाली राष्ट्रिय टोली भारत प्रस्थान)