१. तीब्र गतिका कारण घुम्ती कटाउन नसक्दा संखुवासभाको मादीमा यात्रुबाहक बस दुर्घटना, १४ जनाको मृत्यु, चालक र सहचालकको पनि ज्यान गयो। (बस दुर्घटनामा १४ जनाको मृत्यु)
२. सबै निर्वाचनमा गठबन्धन गरेरै जाने प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको भनाइ, एक्लै लड्दा हारेकाले मिलेर चुनाव लड्नुपर्ने तर्क । (गठबन्धनको पक्षमा देउवा)
३. एकीकृत समाजवादीमा समूह रिपोर्टिङ : गठबन्धन नभए पनि शानदार विजय हासिल हुने तयारी गर्नुपर्नेमा जोड, सुदूरपश्चिम प्रदेशमा कांग्रेसलाई सत्ताबाहिरै राख्नुपर्ने ब्रिफिङ । (एकीकृत समाजवादीमा समूह रिपोर्टिङ)
४. भारतको राजधानी नयाँ दिल्लीमा लगातार दुई कार्यकाल सरकार चलाइरहेको आम आद्मी पार्टी पञ्जावमा पनि विस्तार, २०१७ मा २२ सिट जितेको पार्टी अहिले ९० सिटमा अगाडि । (पञ्जावमा आम आद्मी पार्टीको छलाङ)
५. र, सहिद स्मारक ‘बी’ डिभिजन फुटबलमा श्री कुमारी क्लब र रानी पोखरी कर्नर टिमले खेले बराबरी, तीनमध्ये एक खेल जितेको आरसीटीको ४ अंक । (कुमारी र आरसीटी बराबरीमा रोकिए)