१. निर्वाचन अभियानमा कांग्रेसले तय गर्यो उद्देश्य, गठबन्धनबारे जे गर्दा धेरै सिट जितिन्छ, त्यही निर्णय हुने टिप्पणी, मतपत्रको हरियो रङले नभइ कांग्रेस विस्तारले आत्तिएको ओलीलाई जवाफ । (निर्वाचन अभियानको तयारीमा कांग्रेस)
२. एकीकृत समाजवादीको तत्कालीन कार्ययोजना : न्युजपोर्टल सञ्चालनदेखि आर्थिक संकलनसम्म, एमसीसीबारे पार्टी निर्णय विपरीत लेख्नेहरूप्रति माधव नेपाल कठोर, अराजकतालाई छुट नभएको चेतावनी । (एकीकृत समाजवादीको तत्कालीन कार्ययोजना)
३. विदेश गएर अलपत्र हुने अवस्थालाई निरुत्साहित गर्न भिजिट भिसामा कडाइ गरिएको गृह मन्त्रालयलको दाबी, विदेश जाने नागरिकलाई अलपत्र नपार्न सीमित प्रावधान बनाउनु राम्रो भएको तर्क । (गृह मन्त्रालयलको तर्क)
४. पाकिस्तानी प्रधानमन्त्री खानविरुद्ध विपक्षी दलद्वारा अविश्वासको प्रस्ताव, संसदका १७२ भन्दा धेरै जनाको समर्थन आफूहरुलाई रहेको विपक्षी पार्टीको दाबी, प्रधानमन्त्री खानको दिनगन्ती सुरु भइसकेको तर्क । (पाकिस्तानी प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव)
५. र, थाइल्यान्डसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि खेलाडीलाई बोलाइयो प्रारम्भिक प्रशिक्षणमा, २५ सदस्यीय टोलीमा कप्तान किरण चेम्जोङसहित तीन गोलरक्षक, विमल र सुनिल परेनन् । (२५ खेलाडी प्रारम्भिक छनोटमा)