१. संघीय संसद्का महिला सांसदद्वारा महिला अधिकारको मुद्दा बलियो बनाउनेबारे सातै प्रदेशका सांसदहरुसँग छलफल सुरु, प्रणाली परिवर्तन भए पनि प्रवृत्ति परिवर्तन नभएको उल्लेख । (महिला अधिकारका मुद्दा बलियो बनाइँदै)
२. राज्यका अंग एमालेविरुद्ध परिचालित भइरहेको अध्यक्ष ओलीको आरोप, चुनाव चिह्न हरियो रंगको बनाउने निर्णयप्रति आक्रामक, निर्वाचन आयोगलाई प्रश्न–मतदाताले रुखैरुख देखुन् भनेर हो ? (आयोगको निर्णयमा ओलीको आपत्ति)
३. ब्रोकरलाई आफ्नै टीएमएस चलाउन दिने तयारी, नेप्सेले तयार पारेको मापदण्डअनुसार आफ्नै लगानीमा सिस्टम विकास गरी वा विदेशबाट किनेर टीएमएस सञ्चालन गर्न पाउने । (ब्रोकरलाई आफ्नै टीएमएस दिने तयारी)
४. तेल निर्यातमा प्रतिबन्ध लागे युरोपमा ग्यास आपूर्ति बन्द गर्ने रुसको चेतावनी, विश्वभरिको आपूर्तिमा विनाशकारी परिणाम आउने तर्क, तेलको मूल्य दोबर पुग्न सक्ने उल्लेख । (रुसको चेतावनी)
५. र, श्रीलंका नेभीविरुद्धको दोस्रो अभ्यास खेलमा पनि नेपाल विजयी, श्रीलंका नेभी ८१ रनले पराजित, नेपालका दीपेन्द्र सिंह ऐरीले जोडे सर्वाधिक ६३ रन । (दोस्रो अभ्यास खेलमा पनि नेपाल विजयी)