१. एमालेले संसद्को उपहास गर्दै गए मंसिरअघि नै आम निर्वाचन हुनसक्ने कांग्रेस महामन्त्री गगन थापाको भनाइ, जनताको काम नगर्ने संसद् रहन नहुने नेता रामचन्द्र पौडेलको तर्क। (मंसिरअघि नै निर्वाचन हुनसक्ने)
२. माधव नेपालले दक्षिणपन्थी अवसरवादको अगुवाइ गरेको एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको आरोप, सत्तारुढ दलहरु स्थानीय तहको निर्वाचन सार्ने खेलमा लागि परेको उपाध्यक्ष नेम्वाङको दाबी। (नेकपा एमालेको आरोप)
३. युक्रेनमा रहेका अधिकांश नेपाली सुरक्षित स्थानतर्फ स्थानान्तरण भइसकेको परराष्ट्र मन्त्रालयको दाबी, युक्रेनबाट ५ सय ११ नेपाली सीमावर्ती देश पुगे, भारतीय उडानबाट ल्याइदिन आग्रह। (परराष्ट्र मन्त्रालयको दाबी)
४. युक्रेनका दुई सहरमा रुसको अस्थायी युद्धविराम, मानवीय सहयोगका लागि मार्ग खुल्ने उल्लेख, १२ लाखले युक्रेन छोडेको संयुक्त राष्ट्रसंघको तथ्यांक, युरोपको आकाशमा नेटोको पहरा। (युक्रेनमा रुसको अस्थायी युद्धविराम)
५. र, सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा भगवतीको लगातार दोस्रो जित, ब्वाइज युनियन २–१ गोल अन्तरले पराजित, बाँसबारी र टुसालले अंक बाँडे । (भगवतीको लगातार दोस्रो जित)