१. एमसीसी अनुमोदन प्रस्ताव कानुनसम्मत नभएको एमाले अध्यक्ष ओलीको दाबी गलत, उनले नै भनेका थिए– यही प्रस्ताव अघि बढाऔं, यस्ता प्रस्तावहरु मृत पनि नहुने संसद् सचिवालयको प्रतिक्रिया । (ओलीको दाबी गलत)
२. नेपालको संसद्बाट पास भएको एमसीसी अनुमोदनलाई स्वीकार गरिएको एमसीसी मुख्यालयको प्रतिक्रिया, नेपालले आफूलाई सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक राज्यको रूपमा सधैं कायम राखेको प्रष्ट भएको उल्लेख । (एमसीसीले स्वीकार्यो व्याख्यात्मक घोषणा)
३. माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई राजनीतिक रुपमा सहकार्य गर्न नेकपाका महासचिव ‘विप्लव’को प्रस्ताव, केन्द्रीय समिति बैठकपछि मात्रै केही भन्न सकिने श्रेष्ठको जवाफ ।(श्रेष्ठलाई ‘विप्लव’को प्रस्ताव)
४. युक्रेनको खेअरसन कब्जामा आएको रुसी दाबी, आक्रमण सुरु गरेयता अहिलेसम्म ५ हजार ८४० रुसी सैनिकको ज्यान गएको युक्रेनको दाबी, पेट्रोलियम पदार्थको भाउ महँगिने क्रम जारी । (युक्रेनमा रुसको आक्रमण कायमै)
५. र, आईसीसीको टी२० आई विश्व वरीयतामा कुशलले पछि पारे इंग्ल्यान्डका जोनी बेयरस्टो र न्यूजिल्यान्डका केन विलियम्सनलाई, ब्याटिङतर्फ कुशल ३१औं स्थानमा, बलिङतर्फ कप्तान सन्दीप ३६औं स्थानमा। ( कुशलको वरीयतामा सुधार)