१. सत्ता गठबन्धन जोगाउन प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ‘सकारात्मक’, एमसीसी पारितका लागि विकल्पमा जान तयार, एमसीसीकै कारण गठबन्धन नतोड्ने निष्कर्ष । (सत्ता गठबन्धनमा सहमति)
२. माधव नेपालद्वारा एमसीसी पास गर्ने नाममा केपी ओलीसँग अनैतिक सम्झौता नगर्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण, एमसीसीका केही प्रावधानहरु नसच्याएसम्म आफूहरु विपक्षमा रहने तर्क । (माधव नेपालद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण)
३. एमाले सरकार फेर्ने पक्षमा नरहेको महासचिव शंकर पोखरेलको अभिव्यक्ति, एकीकृत समाजवादीका १४ सांसदलाई कारबाही गर्ने कुरामा कांग्रेस सकारात्मक रहेको एमाले उपमहासचिव ज्ञवालीको दाबी । (एमालेको दाबी)
४. रुसी सैनिकहरू राजधानी किएभ पुगेको युक्रेनी अधिकारीको दाबी, युक्रेनको एउटा टापु कब्जा गरेको उल्लेख, युद्ध अन्त्य गर्न रुसले कुरा गर्नुपर्ने युक्रेनी राष्ट्रपतिको भनाइ । (रुसी सैनिक युक्रेन पुगेको दाबी)
५. र, रुसी आक्रमणको विरोधमा युरोपेली क्लब र खेलाडी, युक्रेनमाथि आक्रमण गरेपछि च्याम्पियन्स लिग फुटबलको फाइनल खेल रुसमा नहुने, फ्रान्समा सर्यो । (रुसी आक्रमणको विरोधमा खेलाडी)