१. एमसीसीको विपक्षमा उभिने नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकको निर्णय, विपक्षमा उभिन सबैलाई आग्रह गर्ने, सरकारमा बस्ने र बाहिर निस्किने कुरा समयले निर्धारण गर्ने उल्लेख । (एकीकृत समाजवादी एमसीसीको विपक्षमा उभिने)
२. संशोधन नभइ कुनै पनि हालतमा एमसीसी सम्झौता पास नहुने माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरूङको भनाइ, कुनै पनि बेला सरकारबाट बाहिरिन सक्ने चेतावनी । (सरकारबाट बाहिरिने माओवादीको चेतावनी)
३. एमसीसीबारे फैलाइएको झुटको पर्दा विस्तारै खुल्दै गएको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतको दाबी, एमसीसी पास भएमा अमेरिकी सेना आउने अफवाह गलत भएको टिप्पणी । (एमसीसीबारे कांग्रेस)
४. रूसी राष्ट्रपति पुटिनसँग युक्रेन संकटबारे छलफल गर्न अमेरिकी राष्ट्रपति जो बाइडेन तयार, फ्रान्सको प्रस्तावमा हुन लागेको वार्तामा कयौं राजनीतिक समाधानको प्रस्ताव राख्न सकिने । (पुटिनसँग वार्ता गर्न वाइडेन तयार)
५. र, नेपाल आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा प्रवेश, अब नेपालले सेमिफाइनलमा समूह ‘ए’को उपविजेता युएईसँग खेल्ने। (नेपाल टी–ट्वान्टी विश्वकप छनोटको सेमिफाइनलमा)