१. एमसीसी संसद्मा टेबल गर्न नरोक्ने एकीकृत समाजवादीको निर्णय, यथास्थितिमा पारित गर्न नहुने तर्क, ‘आर्थिक सहायता’को हिसाबले स्वीकार्ने निर्णय भएको मन्त्री रामकुमारी झाँक्रीको प्रतिक्रिया । (एकीकृत समाजवादीको निर्णय)
२. गठबन्धन सरकारका कारण ठूला शक्ति राष्ट्र नेपाललाई खेल मैदान बनाउन उत्रिन थालेको एमाले अध्यक्ष केपी ओलीको टिप्पणी, गठबन्धनलाई पानीमुनि गए पनि ठेगान लगाउने दाबी । (केपी ओलीको टिप्पणी)
३. आफूले पार्टी फुटाएको नभइ, पुरानो पार्टीलाई पुनर्जागृत गरेको राप्रपा नेपालको ’घोषणा सभा’मा कमल थापाको तर्क, आफ्नो पहिचान र गाई पनि गुमाएको भन्दै गल्ती स्वीकार । (कमल थापाको तर्क)
४. रुसी राष्ट्रपति पुटिन युक्रेनमा आक्रमण गर्ने निर्णयमा पुगेको अमेरिकी राष्ट्रपति वाइडेनको दाबी, रुसी सैनिकहरू युक्रेन ‘भित्र र नजिकै’ भेला भइरहेकाले आगामी दिनमा हमला हुनसक्ने चेतावनी । (युक्रेनमा आक्रमण हुनसक्ने अमेरिकाको दाबी)
५. र, ओमानमा जारी आईसीसी टी२० विश्वकप ग्लोबल छनोटमा फिलिपिन्सविरुद्ध नेपालको १३६ रनको सानदार जित, सेमिफाइनलमा पुग्ने सम्भावनालाई बलियो, अन्तिम खेल सोमबार क्यानडासँग खेल्ने । (फिलिपिन्सविरुद्ध नेपालको सानदार जित)