१) एमसीसी सम्झौता संसदमा टेबल गर्ने विषयमा सत्ता गठबन्धन अझै अनिर्णित, सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीद्वारा शुक्रबार पनि विरोध प्रदर्शन (गठबन्धनलाई एमसीसी गलपासो)
२) एमसीसीलाई लिएर अमेरिका र चिनले बनाए आ-आफ्नो पोजिसन, हिंसा भड्काउने गतिविधि स्वीकार्य नहुने अमेरिकी राजदूत र्यान्डी बेरीको भनाइ, अमेरिकाले ‘कूटनीतिक धम्की’ दिन सुरु गरेको चिनको आरोप (एमसीसीमा अमेरिका-चिन आम्नेसाम्ने)
३) कुरा नमिल्दा नमिल्दै गठबन्धन जोगाउन बल गर्नुको औचित्य नरहेको कांग्रेस महामन्त्री गगन थापाको टिप्पणी, मन्त्रिपरिषद्मा रहँदासम्म प्रधानमन्त्रीको धारणा नै आफ्नो पनि हुने मन्त्री रामकुमारी झाक्रीको भनाइ (गठबन्धनमा दरार)
४) भारतको अहमदावादमा भएको सिरियल ब्लास्ट घटनाका ४९ दोषी मध्ये ३८ जनालाई फाँसीको सजायँ, २६ जुलाई २००८ मा गुजरातमा भएको विष्फोटका ११ जनालाई जन्मकैद (३८ जनालाई फाँसी)
५) र, आईसीसी पुरुष टी२० विश्वकप ग्लोबल छनोटअन्तर्गत घरेलु टोली ओमानविरुद्धको खेलमा नेपाल ३९ रनले विजयी, ११८ रनको सामान्य लक्ष्य पछ्याएको ओमान १७ ओभरमा ७८ रन बनाएर अलआउट (नेपाल विजयी)