१. एमसीसी पारित वा फेल जे पनि हुन सक्ने प्रधानमन्त्री देउवाको भनाइ, एमसीसी पारित गर्ने निर्णय भइसकेकाले कांग्रेस आफ्नो दायित्वबाट च्युत नहुने महामन्त्री गगन थापाको प्रतिक्रिया। (देउवा र गगनको एउटै बोली)
२. आफूहरुको जोड गठबन्धन कसरी जोगाउने भन्नेमै रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अभिव्यक्ति, धेरै बोलेर बिग्रिएको भन्दै केही नबोल्ने माधव नेपालको प्रतिक्रिया। (गठबन्धनमा गडबड)
३. एमसीसीबारे ‘भ्रम निवारण’ गर्ने सरकारको प्रयास : अनुदान आउने अमेरिकी सेना नआउने दाबी, यो सहयोग नितान्त विकास आयोजनासँग सम्बिन्धित रहेको उल्लेख। (‘भ्रम निवारण’गर्ने सरकारको प्रयास)
४. युक्रेनको सीमामा तैनाथ सैनिकको संख्या कम गरेको रुसको भनाइ गलत भएको अमेरिकाको तर्क, रूसले युक्रेन सीमामा सात हजार अतिरिक्त सैनिक परिचालन गरेको दाबी। (अमेरिकाको दाबी)
५. र, नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्कालाई नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी मुद्दामा दोषी ठहर, नक्कली प्रमाणपत्र पेस गरेको खड्काको स्वीकारोक्तिपछि पहिलो सुनुवाइमै फैसला। (पूर्वकप्तान हरि खड्का दोषी ठहर)