१. भोलिको संसद् बैठकमा एमसीसी पेस हुनेमा प्रधानमन्त्री विश्वस्त, एमसीसी पारित गर्ने कांग्रेस संसदीय दलको निर्णय, निर्वाचनमा हानी हुन्छ भनेर फरक कुरा नगर्ने महामन्त्री थापाको प्रतिक्रिया । ( एमसीसी पारित गर्ने कांग्रेसको निर्णय)
२. एमसीसी टेबल गर्न फेरि सभामुख सापकोटाको ‘आनाकानी’, आफू अम्पायरको भूमिकामा रहने भनाइलाई एमसीसीसँग जोड्न नमिल्ने सभामुखनिकट स्रोतको दाबी, एमसीसीमा सभामुख पुरानै ठाउँमा रहेको संकेत । (सभामुख सापकोटाको ‘आनाकानी’)
३. कोभिड १९ विरुद्धको हराएको भनिएको २४ लोख खोप खोज्न गठित छानबिन समितिले बुझायो प्रतिवेदन, कोभिड खोपबारे झुट बोलेको भन्दै एमालेले माग्यो स्वास्थ्यमन्त्री खतिवडाको राजीनामा । ( स्वास्थ्यमन्त्री खतिवडाको राजीनामा माग)
४. युक्रेन छोड्ने अमेरिकी नागरिकहरूको लागि पोल्याण्डमा स्वागत केन्द्र खोलेको युक्रेनस्थित अमेरिकी दूतावासको भनाइ, युक्रेन संकटको समाधान अझै सम्भव रहेको अमेरिका र बेलायतको प्रतिक्रिया । (युक्रेन छाड्ने अमेरिकीलाई पोल्याण्डमा स्वागत)
५. र, सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल युथ क्लबको फ्रेन्ड्स क्लबसँग ३–३ गोलको बराबरी, बराबरीसँगै जावलाखेल ११ खेलमा १० अंक जोड्दै ११ औं स्थानमा । (जावलाखेलविरुद्ध फ्रेन्ड्सको बराबरी)