१. एमसीसीबारे छलफल गर्न बसेको गठबन्धनका प्रमुख नेता देउवा, दाहाल र नेपालबीचको बैठक निष्कर्षविहीन, संसद्को आउने बैठकमा एमसीसी टेबल गर्नुपर्ने देउवाको प्रस्ताव प्रचण्ड र नेपालद्वारा अस्वीकार । ( गठबन्धनका प्रमुख नेताबीचको बैठक निष्कर्षविहीन)
२. प्रचण्डले एमसीसीबारे दूर्भाग्यपूर्ण अभिव्यक्ति दिने गरेको एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको दाबी, जनतालाई अलमल्याउने गरी झिल्केमिल्के कुरा गरेर देशलाई गम्भीर नोक्सान पुर्याउने काममा लागेको आरोप । (प्रचण्डबारे ईश्वर पोखरेलको टिप्पणी)
३. कर्णाली सरकारको ऊर्जा मन्त्रालय स्थापनाकालदेखि सचिवविहीन, सिनियर डिभिजनमा चार दरबन्दी खाली रहेको र इञ्जिनियर सात दरबन्दीमा एकजना मात्रै हुँदा काम गर्न जटिल । (सचिवविहीन मन्त्रालय)
४. युक्रेनमाथि 'कुनै पनि बेला' आक्रमण गर्नका लागि रुसी सैन्य बल तयार रहेको अमेरिकाको चेतावनी, तत्काल रूसी आक्रमणको अवस्था नरहेको यूक्रेनको प्रतिक्रिया । (अमेरिकाको चेतावनी)
५. र, ओमानमा जारी चारदेशीय टी-२० श्रृंखलाअन्तर्गतको दोस्रो खेलमा नेपाल यूएईसँग २५ रनले पराजित, नेपालले अन्तिम खेलमा सोमबार आयरल्यान्डसँग प्रतिस्पर्धा गर्ने । (यूएईसँग नेपाल २५ रनले पराजित)