१. प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता, एमसीसी पास गर्न सहयोग गर्न नसकिने प्रचण्ड र नेपालको जवाफ। (सत्ता गठबन्धनभित्र पेचिलो बन्दै एमसीसी)
२. कांग्रेस आफ्नै अस्तित्वमा चुनाव लड्नुपर्ने केन्द्रीय कार्यसम्पादन समितिमा शशांक कोइरालाको प्रस्ताव, रामशरण महतले गरे एमसीसीबारे ब्रिफिङ, संक्षिप्तमा आफूकहाँ ल्याउन देउवाको आग्रह । (एमसीसी पारित गर्नुपर्ने लाइनमा कांग्रेस)
३. चुनावका लागि १० अर्ब बजेट छुट्याइयो, माग भने ५ गुणा बढी रहेको अर्थमन्त्री शर्माको भनाइ, क्रिप्टो करेन्सी र बेटिङ पुँजी पलायन गराउने माध्यम बनेको दाबी । (अर्थमन्त्री शर्माको दाबी)
४. १० वटा विमानद्वारा संयुक्त राज्य अमेरिकाबाट ८० टन हतियार प्राप्त गरेको युक्रेनको प्रतिक्रिया, समग्रमा अमेरिकाले हतियारका ४५ विमानहरू आपूर्ति गर्ने योजना बनाएको उल्लेख । (युक्रेनको प्रतिक्रिया)
५. र, फुटबलको विश्व वरीयतामा नेपाल २ स्थान माथि उक्लिलियो, दक्षिय एसियाली देशमध्ये भारत सबैभन्दा माथि १०४ औं स्थानमा, शीर्षमा बेल्जियम यथावत । (विश्व वरीयता नेपालको स्थान सुधार)