१. स्थानीय तहको निर्वाचनपछि पाँचवर्षे कार्यकाल उपभोग गर्न नपाएको भन्दै पेस भएको निवेदन दर्ता गर्न सर्वोच्च अदालतको अस्वीकार, बिनाआधार निवेदन लिइ आएको तर्क । (सर्वोच्च अदालतद्वारा दरपिठ)
२. आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने विषयमा अध्ययन गर्न कार्यदल गठन, कार्यदललाई ७ दिनको समयसीमा । (निर्वाचन आयोगद्वारा कार्यदल गठन)
३. ५ देखि ११ वर्ष उमेर समूहका बालबालिका लागि खोप ल्याउने तयारी भइरहेको स्वास्थ्यमन्त्री खतिवडाको भनाइ, केही दिनभित्र सबैलाई बुस्टर डोज दिने सरकारको योजना । (सबैलाई बुस्टर डोज दिने तयारी)
४. रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले युक्रेनतर्फको सीमामा संकट नबढाउनेमा आफूलाई आश्वास्त पारेको फ्रान्सका राष्ट्रपतिको दाबी, सुनिश्चितता खोज्ने कुनै पनि सुझाव ‘ठीक नभएको’ रुसको भनाइ । (फ्रान्सका राष्ट्रपतिको दाबी)
५. र, ए डिभिजन लिग अन्तर्गत दशौँदेखि १३औं चरणसम्मको खेल तालिका सार्वजनिक, माघ २८ देखि सुरु हुने, एन्फा कम्प्लेक्समा ४ खेल खेलिने । (ए डिभिजनका बाँकी खेल शुक्रबारदेखि)