१. सबै नागरिकको पहुँचमा कोभिडविरुद्धको खोप पुर्याउन खोप कार्ड नभएकाहरुलाई सार्वजनिक सेवा नदिने नीति लिएको स्वास्थ्य मन्त्रालयको तर्क, बुस्टर डोजमा फरक खोप लगाउँदा समस्या नहुने उल्लेख । (स्वास्थ्य मन्त्रालयको तर्क)
२. थप १ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु, ४ हजार ७७१ जना संक्रमणमुक्त, ५२ हजार ७८० जना सक्रिय संक्रमित । (१ हजार ७१४ जनामा कोरोना संक्रमण)
३. आसन्न निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगद्वारा मतपत्र डिजाइनका लागि दरखास्त आह्वान, सूचना प्रकाशित भएको मितिदेखि ५ दिनभित्र आवेदन दिन सक्ने । (निर्वाचन आयोगद्वारा दरखास्त आह्वान)
४. युक्रेनमाथि आक्रमण हुने चर्चाले युक्रेनका बालबालिकाको मानसिक स्वास्थ्यमा असर परेको संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफको भनाइ, बालबालिकाहरूमा आफ्नो पढाइको समेत चिन्ता । (युनिसेफको चिन्ता)
५. र, बेइजिङ विन्टर ओलम्पिकमा थेरेसे जोहाउगले नर्वेका लागि जितिन् पहिलो स्वर्ण, तेस्रो पटक ओलम्पिकमा सहभागिता जनाएकी जोहाउगका लागि यो दोस्रो स्वर्ण तथा चौथो ओलम्पिक पदक । (बेइजिङ ओलम्पिकको पहिलो स्वर्ण नर्वेलाई)