१) काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा र हिमपात, मधेश प्रदेशमा ३ जनाको मृत्यु, शनिबार दिउँसोबाट मात्रै मौसममा सुधार आउने। (देशभर हिमपात र वर्षा)
२) कोरोना भाइरसको ओमिक्रोन संक्रमणदर घट्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाइ, पछिल्लो २४ घण्टामा २ हजार ५२६ जनामा संक्रमण। (संक्रमणदर घट्दो)
३) निर्वाचन आयोगले थाल्यो स्थानीय तह निर्वाचनको तयारी, सरकारबाट निर्वाचनको मिति घोषणा हुनासाथ कार्यतालिका सार्वजनिक गर्ने। (चुनाव गर्न आयोग तयार)
४) रुसले युक्रेनमा आक्रमण गर्ने बहाना खोजिरहेको पेन्टागनको बुझाइ, आफ्ना जनता असुरक्षित रहेको भन्दै घुसपैठ गर्ने बहाना खोजिरहेको प्रवक्ता जोन किर्बीको दाबी। (युक्रेन-रुस संकट)
५) र, नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी प्रधानमन्त्री देउवाबाट सम्मानित, अझ धेरै मैत्रीपूर्ण खेल आयोजना गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड (अल्मुताइरी सम्मानित)