काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहित नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू:
१. प्रतिनिधि सभा विघटनको मुद्दा बृहत् इजलासमा सुनुवाइ गर्न सर्वोच्चद्वारा अस्वीकार, दुवै पक्षको बहस सुनेपछि सर्वोच्चको संवैधानिक इजलासमै निरन्तर सुनुवाई गर्ने आदेश
२. भारतमा उत्पादन भइरहेको कोभिसिल्ड भ्याक्सिनलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति, बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर बनाइएको हो भ्याक्सिन
३. चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारको पुँजीगत खर्च १५ प्रतिशत भन्दा कम, राजस्व पनि लक्ष्यभन्दा २५ अर्ब रूपैयाँ कम संकलन
४. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध तल्लाे सदनबाट महाअभियाेग पारित], ट्रम्प बने अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति
५. र, विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गर्यो विजयी सुरुवात, आर्मीको उच्च रनमा कप्तान विनोद भण्डारीको शतक
पूरा समाचार भिडियोमा