काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहित नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) चार पूर्वप्रधानन्यायाधीशहरुले शुक्रबार जारी गरेको विज्ञप्तिप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश, न्यायलयलाई नधम्क्याउन पोहोर परार अदालतमा ’जागिर खाएका’लाई प्रधानमन्त्री ओलीको चेतावनी ।
२) प्रधानमन्त्री केपी शर्मा ओलीले बैसाखमा निर्वाचन नगराए सडकबाटै हटाउने कांग्रेस सभापति शेरबहादुर देउवाको चेतावनी, सुवासचन्द्र नेम्वाङलाई लिएर खुलामञ्चमा संविधान पढ्न आउन ओलीलाई गगन थापाको चुनौती ।
३) टनकपुरबाट थप १५ मेगावाट विद्युत् ल्याउन भारतको अनुमति, प्राधिकरणले टनकपुरबाट खरिद गर्ने विद्युतको प्रतियुनिट ६ रुपैयाँ ६२ पैसा, विद्युत आपूर्ति सुधार गर्न निर्देशन ।
४) राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तत्काल कार्यालय छाड्न अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको आग्रह, ट्रम्पले स्वेच्छाले नछाडे संसदले कारबाही गर्ने चेतावनी, ट्रम्पले खतरनाक राष्ट्रद्रोहको काम गरेको आरोप ।
५) र, जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिख बोरुसिया मन्छेनग्लाडबाखसँग ३–२ गोल अन्तरले पराजित, १५ खेलमा ३३ अंकसहित बायर्न शीर्ष स्थानमा यथावत ।